• २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
  •   Unicode
Logo

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता



फाईल फोटो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई शीर्ष नेताबीच भेटवार्ता भएको हो ।

भेटवार्तामा संवैधानिक परिषद्‌को बैठक राखेर प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया अगाडि बढाउने सन्दर्भमा छलफल भएको बताइएको छ । प्रधानमन्त्री प्रचण्डले शनिबार नै ओलीलाई छलफलका लागि बोलाउनुभएको थियो । तर, ओली भने आइतबार बालुवाटार जानुभएको हो ।

हालका प्रधानन्यायाधीश हरिकृष्ण कार्की अबको केही दिनपछि उमेरहदका कारण अवकाशमा जाँदै हुनुहुन्छ । प्रधानन्यायाधीश अवकाशमा जानुभन्दा १ महिना अगाडिदेखि नै नियुक्ति प्रक्रिया सुरु गरिसक्नुपर्नेमा संवैधानिक परिषद्‌को बैठक नबस्दा त्यसम्बन्धी प्रक्रिया अगाडि बढ्न सकेको छैन ।