• २४ असार २०८१, सोमबार
  •      Mon Jul 8 2024
  •   Unicode
Logo
Latest
★   मनसुनपछिको विपदमा परी ७४ जनाको मृत्यु, ८८ घाइते ★   उद्योग वाणिज्य महासङ्घको अध्यक्ष अब प्रत्यक्ष निर्वाचनबाट चयन गरिने ★   गीतकार अधिकारीका ‘बुझ मायालु’, ‘यस्तै रहेछ भाग्य’ र ‘यसपालिको तिज’ सार्वजनिक ★   मनसुनपछिको विपद्मा परी ७४ जनाको मृत्यु, ८८ घाइते ★   सलोन-सलिनाको डकुड्रामा ‘हामी छौँ’ सार्वजनिक ★   संसदीय उपसमितिद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन ★   मुग्लिन–मलेखु सडक पुनः सञ्चालन ★   राष्ट्रपति पौडेलद्वारा विधेयक प्रमाणीकरण ★   अहिलेको स्थितिबाट देशलाई निकास दिनुको विकल्प छैन: सांसद सिंह ★   पश्चगामी सोचका साथ संविधान संशोधनमा गिद्धेनजर लगाए माओवादीले सशक्त प्रतिवाद गर्छ: सांसद सापकोटा

अवैध सम्पत्ति आर्जन गरेको आरोपमा कोलम्बियाली राष्ट्रपतिका छोरा पक्राउ



एजेन्सी । कोलम्बियाका राष्ट्रपतिका छोरा निकोलस पेट्रोलाई अबैधरूपमा सम्पत्ति आर्जन गरेको आरोपमा पक्राउ गरिएको छ ।

कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले आफ्ना छोरा निकोलसलाई अफ्नोे चुनावी अभियानसँग जोडिएको एक घोटालामा अवैध सम्पत्ति आर्जनगरेको आरोपमा पक्राउ गरिएको शनिबार बताएका हुन् ।

कोलम्बियाका पहिलो बामपन्थी राष्ट्रपतिले ट्वीटरमा लेखेका छन्, “प्रहरीले उहाँका छोरा निकोलस र निकोलसकी पूर्वपत्नी डेयुरिस भास्केजलाई पक्राउ गरेको छ ।”

निकोलस पेट्रोले सन् २०२२ मा आफ्ना पिताको सफल राष्ट्रपतीय अभियानका लागि लागुऔषध तस्कर र अन्य तस्करहरूबाट ठूलो रकम लिएको र त्यसको प्रयोग उत्तरी शहर ब्यारान्क्विलामा विलासितामा बस्नका लागि प्रयोग गरेको आरोप गत मार्चमा भास्केजले लगाएका थिए ।

पेट्रोले लेखेका छन्, “म मेरो छोरालाई भाग्य र शक्तिको कामना गर्दछु । यी घटनाहरूले उनको चरित्र निर्माण गरोस् र तिनले आफ्ना गल्तीहरू प्रतिबिम्बित गरून् ।”

“एक व्यक्ति र बुबाको रूपमा यति धेरै आत्म–विनाश देख्दा पीडा हुन्छ,” उनले थपे ।

अभियोजकहरूले राष्ट्रपतिका छोरा पेट्रोलाई अवैध रूपमा सम्पत्ति आर्जन गरेको र यसको अवैध संवर्धनको आरोपमा पक्राउ गरिएको पुष्टि गरेका छन् । भास्केजलाई पनि त्यो पहिलो अपराधको आरोप लगाइएको थियो ।

यो प्रकरण सार्वजनिक भएदेखि राष्ट्रपति पेट्रोले देशका शक्तिशाली कोकिन मालिकहरूबाट पैसा प्राप्त गरेको आरोपहरूको खण्डन गर्दै आएका थिए । उनी आफैले आफ्नो छोरामाथि छानबिन गर्न आग्रह गरेका थिए ।

निकोलस पेट्रो उत्तरी एटलान्टिक विभागमा आफ्नो पिताको पार्टीको लागि सांसद थिए । समाचार रिपोर्टहरूमा निकोलसको बैंक रेकर्डहरूबाट उनीसँग सांसदका रूपमा आर्जन हुने सम्पत्तीको तुलनामा धेरै पैसा देखिएको पाइएको उल्लेख गरिएको छ । ती समाचारहलाई पुष्टि गर्न छानविन नै अन्तिम विकल्प रहने छ ।

एक पटक एक अन्तरवार्तामा आफ्नो पूर्व पतिले स्यामुअल सान्टान्डर लोपेसिएरा नामगरेका एक पूर्व लागूऔषध तस्करबाट एक लाख २४ हजार अमेरिकी डलर बराबरको रकम प्राप्त गरेको भास्केजले दावी गरेका थिए ।

लोपेसिएराले संयुक्त राज्य अमेरिकामा लागूऔषध ओसारपसारको आरोपमा १८ वर्षको जेल सजाय भोगेका थिए ।