२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुन तस्करीका आरोपित अडुकियाको कता छ कनेक्सन ?



अ+ अ-

काठमाडौँ । पछिल्लो समय एक क्विन्टल सुन तस्करी प्रकरणमा मुछिएका व्यापारी राकेशकुमार अडुकियाका थप संकास्पद गतिविधिहरु सार्वजनिक भएका छन् ।

आज सार्वजनिक एक समाचार अनुसार उनी पछिल्ला नौ महिनामा कम्तीमा पनि १४ पटकसम्म नेपाल र हङकङ आवतजावत गरेका छन् ।

नेपाल सरकारको अध्यागमन विभागको रेकर्ड अनुसार उनी गएको नौ महिनामा १४ पटक सम्म नेपाल हङकङ ओहोरदोहोर गरेका छन् र त्यस क्रममा उनले भारतीय पासपोर्ट प्रयोग गरेका छन् ।

उनी नेपाली नागरिक हुन तर भारतीय राहदानीबाट विदेश यात्रा गर्ने गरेका पाइएको छ । यो उनको यात्राको सबै तथ्य बाहिर आएको त छैन तर पनि उनको यो पटक–पटकको यात्रा सुन तस्करीसँग जोडिएको हुनसक्ने भन्दै प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

गत असार २९ गते स्कुटरको ‘ब्रेक सु’ मा लुकाएर हङकङबाट करिब एक क्विन्टल सुन काठमाडौँ भित्र्याएको खबर सार्वजनिक भएसँगै उनी बेपत्ता भएका छन् । प्रहरीले उनको खोजी गरिरहेको भए पनि उनी यही साउन २ गते नै नेपाल बाहिर पुगेको पाइएको हो । ‘सम्पर्कविहीन’ अडुकिया सुन तस्करीको सञ्जालमा रहेको आशंकामा राजस्व अनुसन्धान विभाग र प्रहरीले अनुसन्धान थालेको छ ।

यही अनुसन्धानका क्रममा उनी २०७९ असोजदेखि २०८० असारसम्ममा त्रिभुवन विमानस्थलबाट १४ पटकसम्म हङकङ पुगेको खुलेको हो । उनी यदि सही कामले अर्थात् आफ्नो निजी व्यापारिक कामले यो यात्रा गरेको भए नेपाली राहदानी किन प्रयोग गरेनन् भनेर प्रहरीले थप खोजी थालेको हो ।

यो अनुसन्धानबाट उनको कांग्रेससँगको कनेक्सन पनि खुल्ने देखिएको छ । अनुसन्धानमा सहभागी एकजना अधिकारीले उनी नेपाली नागरिककै हैसियतमा विगतमा बैंक/वित्तीय संस्था, सेयर कारोबार, अरू व्यापार–व्यवसायमा आबद्ध थिए । कांग्रेस सत्तामा रहेका बेला उनलाई सरकारले विभिन्न काम तथा व्यावसाय दिएको पनि खुलेको छ ।

उनले नै विपी कोइरालाद्धारा लिखित तीन घुम्ती उपन्यासको चलचित्र निर्माणमा पनि गरेका थिए । विपी कोइरालाको सो उपन्यासलाई फिल्म बनाउन उनलाई अनुमति दिएको थियो ।

यो संयोग हो या कांग्रेसमा उनको कनेक्सन नै हो ? अर्थात् नेपालमा हुने यस प्रकारका संगठित तस्करीमा कुनै पनि नेता या पार्टीकै कनेक्सन हुने भएकाले उनको कनेक्सनले को सँग छ? प्रहरीले सुनमा उनको कनेक्सन भए नभएको खोजी सँगै अरु कोणबाट पनि कोसँग उनको कनेक्सन छ भन्ने पनि खोजी भइरहेको छ ।




भर्खरै