• १३ असार २०८१, बिहीबार
  •      Thu Jun 27 2024
  •   Unicode
Logo

फ्रान्सले ब्राजिललाई हरायो



एजेन्सी । फिफा वुमेन्स वल्र्डकप अन्तर्गत फ्रान्सले ब्राजिललाई पराजित गरेको छ । शनिबार भएको खेलमा फ्रान्सले ब्राजिललाई २–१ गोलले पराजित गरेको हो ।

अष्ट्रेलियाको सनकर्प स्टेडियममा फ्रान्सकी एगेनी ले सोमेरले १७ औं मिनेटमा गोल गर्दै फ्रान्सलाई सुरुवाती अग्रता दिलाएकी थिइन् ।

५८ औं मिनेटमा डेबोरा क्रिस्टियन ओलिभेराले ५८ औं मिनेटमा गोल गर्दै ब्राजिललाई १–१ को बराबरीमा ल्याइन् ।

यता, ८३ औं मिनेटमा वेन्डी रेनार्डले गोल गर्दै फ्रान्सलाई जित दिलाइन् । यो नतिजासँगै समूह एफ मा रहेको फ्रान्स २ खेलबाट ४ अंकका साथ तालिकाको शीर्षस्थानमा रहेको छ । ब्राजिल भने २ खेलबाट ३ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ ।