१९ भाद्र २०८३, शुक्रबार
,
Latest
चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने कोशी प्रदेशका १६० व्यक्ति सम्पर्कविहीन बाढीमा परी मृत्यु हुनेको संख्या १ हजार २९३ पुग्यो, ४ हजार ८९८ जना अझै बेपत्ता बाढीमा बेपत्ता भएकाहरुका आफन्तले बनाए कुशको शव, पशुपतिमा गरे अन्तिम संस्कार पृथ्वी राजमार्ग अवरुद्ध भएपछि कान्ति लोकपथमा सवारी चाप, दैनिक एक हजारभन्दा बढी सवारी आवतजावत सुरुङबाट जीवितै उद्धार भएका कविरकी श्रीमतीले भनिन्–‘फर्किनुहुन्छ भनेर विश्वास नै लागेको थिएन, खुशीको सीमा छैन’ त्रिशूली–३ ए जलविद्युत आयोजनाको सुरुङभित्रबाट उद्धार गरिएका मेकानिकल फोरम्यान सञ्जय साहको स्वास्थ्य अवस्था सामान्य र… ह्याप्पी इनर्जीले दैवी प्रकोप उद्धार कोषमा २० लाख सहयोग माथिल्लो त्रिशूली–३ ए को सुरुङमा एक शव फेला सङ्खुवासभामा शिक्षक हत्या घटनामा एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुलुकको पश्चिम क्षेत्रको सम्भावनालाई राज्यले चिन्न सक्नुपर्छ: अध्यक्ष ढकाल



अ+ अ-

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको पश्चिम क्षेत्रको सम्भावना र महत्वलाई राज्यले चिन्न सक्नुपर्ने बताउनुभएको छ ।

नेपाल पश्चिमाञ्चल विकास मञ्चको आज यहाँ सम्पन्न साधारण सभाको पहिलो सत्रलाई सम्बोधन गर्दै उहाँले साविकको पश्चिमाञ्चल क्षेत्रले नेपालको विशिष्ठ भौगोलिक पहिचान बोकेको र यहाँ धार्मिक, सामाजिक, बहुसांस्कृतिक, पर्यटकीय तथा विश्वकै सुन्दर र पवित्र स्थलहरु भए पनि तिनको सम्भावना र महत्वलाई बुझेर राज्यले नीति निर्माण गर्न सक्नुपर्ने बताउनुभयो ।

सो मञ्चका अध्यक्ष समेत रहेका अध्यक्ष ढकालले सो क्षेत्रमा विश्वका मानिसको आस्थाको धरोहर लुम्बिनीदेखि लिएर गण्डक तथा मुक्ति क्षेत्रको इतिहास समेटिएको तथा धार्मिक, सांस्कृतिक र पर्यटकीय महत्व निकै रहेको भए पनि यो क्षेत्र बत्ती मुनिको अँध्यारोको अवस्थामा रहेको बताउनुभयो ।

यसै कारणले नै मुलुकको पश्चिम क्षेत्रको बहुआयामिक पक्षलाई राजधानीसम्म ल्याइ उजागर गर्ने र देशका नीति निर्माताहरुको ध्यानाकर्षण गराउने एवं यस क्षेत्रमा रहेका प्रतिभाहरुको पहिचान गराउने उद्देश्यले यो मञ्चको स्थापना गरिएको पनि बताउनुभयो ।

आफू जन्मेको माटो र आफूलाई जन्म दिने आमा यस धर्तीका सबैभन्दा प्रिय हुन् भन्दै अध्यक्ष ढकालले आफ्नो क्षेत्रको विकास र सम्बर्धनका लागि लाग्न सबैलाई आग्रह पनि गर्नुभयो ।
राजनीतिक संरचनाको हिसाबले मुलुक संघीय व्यवस्थामा भए पनि हाम्रो भावना हाम्रो पश्चिमाञ्चलसँग बढी जोडिएको छ भन्दै अध्यक्ष ढकालले मानिसका लागि सबैभन्दा ठूलो कुरा उसको पहिचान हुने र त्यो पहिचान आफ्नो जन्मस्थलले नै दिने बताउनुभयो ।

उक्त मञ्चको साधारणसभामा प्राडा जयराज आचार्यले नेपाललाई टेको लगाएका दुई वीर पुरुष पृथ्वीनारायण शाह र भानुभक्त आचार्य थिए भन्दै सो मञ्चलाई तनहुँमा भानुभक्तका स्मरणमा केही संरचना निर्माण गरी काम गर्न आग्रह गर्नुभयो ।

तनहुँको भानु नगरपालिकाका प्रमुख आनन्द त्रिपाठीले सो मञ्चमार्फत् तनहुँलगायत मुलुकको पश्चिम क्षेत्रको विकासका लागि आफू पनि लागि पर्ने बताउनुभयो ।

मञ्चका उपाध्यक्ष मदन महत र महासचिव यादव भट्टराईले आगामी दिनमा यस मञ्च मार्फत् देशको पश्चिमाञ्चल विकास क्षेत्रका सम्भावनाहरुलाई उजागर गरी राजधानी काठमाडौँसम्म ल्याउने काममा सबै लाग्ने प्रण गर्नुभयो ।




भर्खरै