२४ जेष्ठ २०८३, आईतवार
,
Latest
किमाथाङ्कामा शुक्रबारदेखि इन्टरनेट सेवा बन्द ‘आइतबारको बिदा खारेज गर्न लागिएको होइन’ ‘ददीराम सापकोटाद्वारा लिखित त्यो नेपाल’नामक पुस्तक  विमोचन युद्ध अन्त्यका लागि मध्यस्थता गर्न पाकिस्तानी अधिकारी तेहरानमा मन्त्री चौधरीद्वारा झापाको बाहुनडाँगीमा स्थलगत निरीक्षण सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी
तपाईं के खोज्दै हुनुहुन्छ ?

होचा/पुड्का व्यक्तिको शारिरीक बनावट अनुसार संरचना नहुँदा दैनिक जीवनयापन गर्न कठिनाई



अ+ अ-

काठमाडौं। नेपालमा सामान्य मानिसहरूको भन्दा कम उचाइ भएका वा शरीरका अङ्गहरू पूर्णरूपमा विकास नभई बालबालिकाहरूको जस्तो कोमल र अपरिपक्‍व शारीरिक बनावट भएकाहरूलाई होचा पुड्का मानिस भनेर चिन्ने गरिन्छ। नेपाल होचा पुड्का संघको विधानमा र नेपाल सरकारको नियममा पनि यसरी नै परिभाषा गरिएको छ।

नेपाल सरकारले ४ फुट वा ४७ इन्च उचाइसम्मका व्यक्तिलाई होचा पुड्का व्यक्तिको परिभाषामा राखेको छ । नेपाल होचा पुड्का संघले भने धार्मिक मान्यता अनुसार ५२ इन्चसम्मलाई मानव अवतारको रूपमा लिएको छ।

नेपालमा होचा पुड्का व्यक्तिहरूले अनेक किसिमका समस्या भोग्दै आउनुपरिरहेको छ । सबैभन्दा मुख्य कुरो त होचा पुड्का व्यक्तिहरूको खासै पहिचान र यकीन हुनै सकेको छैन । सरकारी एवं गैरसरकारी निकाय र संघ संस्थाहरूबाट सहयोग हुनसके यो काम गर्न सहज हुनेछ ।

होचा/पुड्का सङ्घका अध्यक्ष समिता कुमारी दुलाल९विन्दा०ले वि।स। २०६५ सालमा होचा/पुड्का व्यक्तिहरू सङ्गठित बनाउने, एक/अर्काको साझा समस्याको समाधान गर्ने र आत्मनिर्भर बन्ने अभियानका लागि गठित सङ्घमार्फत देशभरका होचा/सङ्गठित भइरहेको बताएकी छन्।

उनले होचा÷पुड्का अपाङ्गता भएका व्यक्तिका लागि डेरा नपाउने, पाए पनि कोठा, शौचालयको चुकुल नभेट्ने, अग्लो व्यक्तिका लागि लक्ष्यित री बनाइएका धारा, लुगा सुकाउने स्थानको अभावलगायत थुपै्र समस्या झेल्दै बस्ने वाध्यता रहेको बताइन्।

होचा÷पुड्का सङ्घ र अभियन्ता, समाजसेवी शान्त शर्माले होचा/पुड्का व्यक्तिको शारिरीक बनावट अनुसार सुविधा हुने गरी सामुहिक बस्ती बनाउन जग्गाको खोजी भइरहेको जानकारी दिएका छन्।

अभियन्ता शर्माले होचा/पुड्का समस्याबाट प्रभावित व्यक्तिहरूको शारीरिक बनावटका कारण अन्य व्यक्तिका लागि बनाईएका संरचनामा दैनिक जीवनयापन गर्न समेत कठिनाई हुने भएकोले उनीहरूको लागि उपयुक्त हुने घर, बस्ती बनाउने अभियान अन्तरगत जग्गाको माग गर्न स्थानीय तहलाई अनुरोध गरिरहेको बताएका छन्।

उनले हाल होचा÷पुड्का सङ्घमा आवद्ध २८ परिवारका छुट्टै घर र एकल रहेका महिला/पुरूषका लागि सामुहिक घरमा बस्नका लागि एक÷एक वटा सामुहिक संरचना तयार गर्न एक करोड रूपियाँ लाग्ने अनुमान गरिएको बताए।

अभियन्ता शर्माले हाल तारकेश्वर नगरपालिकासँग कुरा भइरहेको र जग्गा पाए नक्सा बनेपछि घर बनाउन लाग्ने आर्थिक रकमको यकिन तथ्याङ्क आउने र त्यही अनुसार रकम जुटाउन पारदर्शी ढङ्गले प्रस्ताव बनाउन सकिने बताए।

सङ्घका सचिव कृष्णप्रसाद श्रेष्ठ“निश्चल”ले होचा/पुड्कालाई स्वास्थ्य समस्या बढि हुने, घरदेखि सार्वजनिक सेवा प्रदायक संस्थाहरू, अस्पताल, वैंकलगायतका सबै स्थानमा असुविधा छ, तर सामुहिक बस्तीको अभियान सफल भए कम्तीमा बस्ने ठाउँ सुविधायुक्त हुने बताएका छन्।