४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

एएफसी कप क्वालिफायरको दोस्रो चरणमा पुग्ने मछिन्द्रको लक्ष्य, तयारी तिब्र



अ+ अ-

काठमाडौँ । दोस्रो पटक एएफसी कप क्वालिफायरको प्रारम्भिक चरण खेल्ने तयारीमा रहेको नेपालको शीर्ष डिभिजन क्लव मछिन्द्र फुटबल क्लवले आफ्नो प्रशिक्षणमा तिब्रता दिइरहेको छ ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्स मैदानमा मछिन्द्रले प्रशिक्षण शुरु गरेको छ । एएफसी कप क्वालिफायरको प्रारम्भिक चरणको पहिलो खेलमा मछिन्द्रले भूटानको लिग च्याम्पियन पारो एफसीबिरुद्ध चुनौति प्रश्तुत गर्नेछ । उक्त खेलमा आगामी साउन २३ गते दशरथ रंगशालामा नै हुँदैछ । मछिन्द्रले भने लिग च्याम्पियन भएर उक्त प्रतियोगिता खेल्न लागेका होइन । डेब्यु सिजनमा चर्च ब्वाइज क्लव लिग च्याम्पियन भएपनि एएफसी क्लव लाइसेन्स नहुँदा दोस्रो स्थानको मछिन्द्रले त्यो अवसर पायो । त्यससँगै मच्छिन्द्रले लगातार दोस्रो पटक एएफसी कप क्वालिफायरको प्रारम्भिक चरणको खेल खेल्ने भएको हो ।

पहिलो सहभागिता भने मछिन्द्रका लागि सुखद् भएन । प्रारम्भिक चरणको खेलमा नै मछिन्द्र श्रीलंकाको ब्लु स्टारसँग २–० ले पराजित हुन पुग्यो र उसको यात्रा थप अगाडि बढ्न सकेन । यस पटक भने मछिन्द्र सुखद् नतिजा ल्याउने आशामा रहेको प्रशिक्षक किशोर केसीको भनाइ छ । सबैले राम्रो मेहनत गरिरहेको र राष्ट्रिय टोलीबाट पनि खेलाडी आएकाले राम्रो टोली बन्नेमा आफू विश्वस्त रहेका प्रशिक्षक केसी बताउँछन् । अघिल्लो सिजन मछिन्द्रले ब्लु स्टारबिरुद्ध सुखद् नतिजा निकाल्न नसक्दो प्रारम्भिक चरण पार गर्न सकेन । उक्त खेलमा मच्छिन्द्रले बल पोसेसन पनि आफ्नो नियन्त्रणमा राखेको थियो । तर, हार बेहा¥यो । यस पटक भने मछिन्द्रले खेलाडी अनुबन्धन र तयारी राम्रो गरेकाले दोस्रो चरणमा पुग्ने प्रशिक्षक किशोर श्रेष्ठको बताउनु हुन्छ ।

मछिन्द्रको टोलीमा कुल २३ खेलाडी अनुबन्धित छन् । यीमध्ये ९ जना गत लिगमा विभिन्न क्लवबाट उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई मच्छिन्द्रले एएफसी कप क्वालिफायर्सको यात्राका लागि अनुबन्धित गरेको छ । प्रशिक्षक केसीले समय थोरै भएपनि जतिसक्दो राम्रो तयारी गर्ने योजनामा छन् । एक हप्ता फिजिकल र त्यसपछि ट्याक्टिकल पक्षमा ध्यान दिने प्रशिक्षक केसीले बताउनु भयो । भूटानले पछिल्लो समय फुटबलमा राम्रो गरिरहेको छ । उनीहरूको युथ लेभलको फुटबल निकै राम्रो रहेको प्रशिक्षक केसीको धारणामा छ । त्यसैले पनि पारोसँग सचेत रहेर राम्रो फुटबल खेल्ने प्रशिक्षक केसीको विश्वास छ ।

यस पटक भने मच्छिन्द्रले पहिलो चरणको खेल जित्ने लक्ष्यका साथ लिगका चर्चित विदेशी खेलाडी र राष्ट्रिय टोलीका खेलाडीलाई केही समयका लागि भित्राएको छ । तीमध्ये मेसुके ओलामोउ, लाकेन लिम्बु, सनिष श्रेष्ठ र आयुष घलान हुन् । यो खेल जितेमा मच्छिन्द्रले साउथ जोनको दोस्रो चरणमा भारतको मोहन बगानसँग खेल्नेछ ।

मछिन्द्रका कप्तान तथा गोलकिपर विशाल श्रेष्ठले प्रशिक्षकको योजनाअनुरूप आफूहरूको मेहनत गरिरहेकाले लिगको भन्दा बलियो टोली बन्नेमा विश्वस्त रहेको बताए । आफूहरूलाई चाहिने पोजिसनमा पनि खेलाडी थपिएको र केही युवा खेलाडीहरू निकै राम्रो रहेकाले पारोसँगको प्रतिष्पर्धा उत्कृष्ट हुने कप्तान श्रेष्ठको विश्वास छ ।

मछिन्द्रले यो खेल पनि जिते प्लेअफ राउण्डमा बंगलादेशको ढाका अबाहानी र माल्दिभ्सको क्लव इगल्सबीचको विजेतासँग खेल्न पाउनेछ । मच्छिन्द्र पनि दोस्रो चरणमा पुग्ने लक्ष्यमा छ । यद्यपि, त्योभन्दा पहिलो पारोसँग खेलमा आफूहरू केन्द्रित रहने योजनामा छ ।