१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar पार्टीको महाधिवशेन ऐतिहासिक भूमीमा गर्दैछौँ, नीति र संरचना दुवैमा सुधार हुन्छः प्रवक्ता चालिसे News Polar बाढीले मध्यकालीगण्डकीसहितका जलविद्युत् आयोजनामा ठूलो क्षति News Polar जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछः राष्ट्रपति पौडेल News Polar कांग्रेस १५औँ महाधिवेशनः प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो News Polar बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित News Polar दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत News Polar ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ News Polar कृषि औद्योगिक क्षेत्रका समस्या समाधान गर्न मन्त्रालय र उद्योगीबीच छलफल News Polar कालीगण्डकी कोरिडोरः बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव News Polar हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह News Polar कामपाले अब हुलाकमार्फत चिठ्ठी आदानप्रदान गर्ने News Polar हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा News Polar सहकारीका ऋणीलाई ११ करोड असुली News Polar मानवीय संकटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसंघको १६ करोड डलर सहयोग News Polar पाकिस्तानको निर्यातमा तीव्र वृद्धि, सेप्टेम्बरमा पुग्यो दुई अर्ब ९४ करोड डलर News Polar सुदूरपश्चिम हुँदै यस वर्षको मनसुन बाहिरिने News Polar ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन News Polar जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना News Polar कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ News Polar अमेरिका–बेलायतका दुई घटनामा इरानमाथि आशंका,अनुसन्धान जारी

पूर्वाधारमा अरुलाई उछिन्दै ताराखोला

पूर्वाधारमा अरुलाई उछिन्दै ताराखोला
अ अ+ अ-

बागलुङ । शैक्षिक अन्तक्र्रियामा भाग लिन सोमबार ताराखोला पुग्नुभएका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल त्यहाँको सभागृह देखेर दङ्ग पर्नुभयो । दर्शकदीर्घाअघि उभिएर उहाँले भन्नुभयो, “यो हेर्दा, यहाँ बोलिरहँदा कुनै विकसित सहरको सभागृहमा पुगेझैँ अनुभूति भइरहेको छ ।” 

उहाँले आन्दोलनमा होस् या विकास निर्माणमा ताराखोलाका जनसमुदायले इमान्दार भूमिका निर्वाह गरेकामा प्रशंसा व्यक्त गर्नुभयो । “यहाँको जनसमुदाय मेहेनती र इमान्दार छ, कुनै छलछाम र तिकडम छैन भन्ने कुरा कामले पुष्टि गरेको छ”, उहाँले भन्नुभयो, “भौतिक पूर्वाधारदेखि समग्र विकासमा ताराखोलाको नेतृत्वले लिएको पहलकदमी सह्रानीय छ ।”

मन्त्री पौडेलले भनेझैँ अविकास, गरिबी र पछ्यौटेपनबाट गुज्रिरहेको ताराखोला अहिले समृद्धिको यात्रामा सङ्घर्षरत छ । कुनै ताका माओवादी युद्धको रापताप झेलेको ताराखोला क्षेत्र गाउँपालिका बनेको भर्खर पाँच वर्ष बित्दैछ । सुरुकालका जनप्रतिनिधिको कार्यावधि आखिरितिर आएको छ । यस अवधिमा पूर्वाधार विकासतर्फ ताराखोलाले जिल्लाका अन्य स्थानीय तहलाई भने उछिनेको छ ।

सडक, विद्युत्, खानेपानी हुँदै जिल्लाकै ठूलो र सुविधायुक्त सभागृह, बहुसांस्कृतिक सङ्ग्रहालय, आफ्नै प्रशासकीय भवनदेखि औद्योगिक ग्रामको योजनासम्म आइपुग्दा समृद्धि पछ्याइरहेको स्थानीय तहका रूपमा ताराखोलाले आफूलाई प्रमाणित गरेको छ ।

स्रोत तथा दक्ष मानव संशाधनको सीमितता, भौगोलिक कठिनाइ, नागरिक सशक्तीकरणको कमी आदिका बाबजुद विकास निर्माण र  नागरिक सेवामा ताराखोलाले मारिरहेको फड्कोको अनुभव त्यहाँ पुग्ने जो कोहीले गर्छन् । आफैँमा प्राकृतिक र सांस्कृतिक वैभव बोकेको ताराखोलाको चिनारी अब समृद्धितिर लम्किरहेको गाउँपालिकाका रूपमा पनि बदलिएको छ । नयाँ व्यवस्था र संरचनामा काम गरेर छोटो अवधिमै नतिजा दिनुपर्ने चुनौतीलाई ताराखोलाले धेरै हदसम्म पार गरेको छ ।

सदरमुकाममै व्यवस्थित सभाकक्षको अभाव खड्किरहेको स्थितिमा ताराखोलाले गत वर्ष नै जिल्लाकै पहिलो र ठूलो सभागृह बनायो । ताराखोला–२ अर्गलस्थित उक्त सभागृह ५०० क्षमताको छ । रु दुई करोड ६७ लाखमा निर्मित सभागृह गण्डकी प्रदेश सरकार र गाउँपालिका मिलेर बनाएका हुन् ।

जिल्लाका कतिपय स्थानीय तह अहिले पनि भाडाका घरबाट सञ्चालित भइरहेका बेला ताराखोलाले ‘लिफ्ट’सहितको सुविधायुक्त प्रशासकीय भवन बनाएको छ । रु पाँच करोड १० लाखमा बनेको सो भवनमा गण्डकी प्रदेश सरकार र गाउँपालिकाको ६०–४० लागत साझेदारी छ । निर्माण कम्पनी ‘निशान–आचार्य–विके जेभी’ले सम्झौता अवधिभन्दा छ महिनाअगावै भवन निर्माण सकेको हो । कम्पनीका प्रतिनिधि ओमप्रकाश घर्तीले नवनिर्मित भवन केही दिनभित्रैमा गाउँपालिकालाई हस्तान्तरण गरिने बताउनुभयो ।

चारतले भवनमा २७ कोठा र एउटा सभाकक्ष छ । अपाङ्गतामैत्री भवनमा ‘लिफ्ट’ जडान गरिएको छ । भवनमा बैठक, पुस्तकालय, भान्छा, सुरक्षा र अतिथिकक्ष पनि छ । तातो पानीको सुविधाका लागि सौर्य ऊर्जा जडान गरिएको छ । गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले नयाँ भवन बनेसँगै प्रशासनीक कार्यसम्पादन र सेवा प्रवाहका लागि कोठाको अभाव हटेको बताउनुभयो । “हस्तान्तरणलगत्तै नयाँ भवनमा मुख्य प्रशासकीय कार्यालय सर्छ, अरुमा विषयगत शाखा रहन्छन्”, उहाँले भन्नुभयो ।

सदरमुकाम रहेको बागलुङसँगै गलकोट, जैमिनी नगरपालिकालगायतले अहिलेसम्म प्रशासकीय भवन बनाउन सकेका छैनन् । केही स्थानीय तह जेनतेन जग्गाको जोहो गरेर भवनको जग बसाउने तयारीमा छन् । सङ्घ र प्रदेश सरकारसँगको लागत साझेदारीमा वडा नं १ भुस्कातमा निर्माणाधीन ‘औद्योगिक ग्राम’लाई पनि ताराखोलाले विकासको आधारशीलाका रुपमा लिएको छ । ग्राम सञ्चालनमा आउँदा स्थानीय स्रोत, सीप र प्रविधिको उपयोग हुनुका साथै गाउँमै उद्यमशीलता विकास र रोजगारी सिर्जना हुने विश्वास लिइएको छ ।

ताराखोलाको पहिचानका रूपमा चिनिने ‘स्लेट ढुङ्गा’, नेपाली हातेकागज, पेय पदार्थ, जडीबुटी तथा कृषि र पशुजन्य उत्पादनमा आधारित उद्योग सञ्चालन गर्ने गाउँपालिकाको योजना छ । सरकारले प्रस्ताव माग गर्दा जग्गा व्यवस्थापन गर्न नसकेका कारण औद्योगिक ग्रामको योजना ल्याउनबाट अरु स्थानीय तह पछि परेका बेला ताराखोला भने त्यसमा पनि सफल भयो ।

मगर बाहुल्य रहेको ताराखोलामा बहुसांस्कृतिक सङ्ग्रहालय निर्माण पनि अन्तिम चरणमा आइपुगेको छ । समाज, संस्कृति र जीवनशैलीको झल्को दिने गरी निर्माण भइरहेको सङ्ग्रहालयमा पर्यटन मन्त्रालय, सासंद विकास कोष र गाउँपालिकाको लगानी छ । रु दुई करोड १६ लाखको लागतमा सङ्ग्रहालय बन्न लागेको हो ।

सडकतर्फ दुई रणनीतिक योजना ताराखोलामा सञ्चालित छन् जसले सिङ्गै गाउँपालिकालाई पूर्व–पश्चिम र उत्तर–दक्षिण छिचोल्छन् । गलकोट ताराखोला हुँदै म्याग्दीको रुम जोड्ने सडक कालोपत्रका लागि पूर्वाधार तयारीको काम भइरहेको छ । सडक बोर्डमार्फत रु ३३ करोडको ठेक्कापछि त्यहाँको कामले गति लिएको हो ।

स्थानीय तहलाई पक्की सडकमार्फत प्रदेश राजधानीसँग जोड्ने सरकारको लक्ष्यअनुरुप गाउँपालिकाको केन्द्र जोड्ने रिजालचोक–अमरभूमि–अर्गल सडक पनि कालोपत्रका लागि छनोटमा परेको छ । गाउँपालिकाले ‘शहीद मार्ग’ का रुपमा नामाकरण गरेको २० किमि दुरीको उक्त सडकको ‘डिपिआर’ बनेर ठेक्का प्रकृया अगाडि बढेको छ ।

यी दुई सडकलाई ताराखोलाको ‘लाइफ लाइन’मा रुपमा हेरिएको छ । बस्ती जोड्ने र भित्री गाउँसम्म सडक सञ्जाल विस्तार र स्तरोन्नतिका लागि गाउँपालिकाले पनि वर्षेनी बजेट छुट्टाउने गरेको प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर विकले बताउनुभयो । विद्युत्तर्फ ताराखोला आफ्नै उत्पादनमा निर्भर छ । त्यहाँका आयोजनाबाट निस्कने बिजुली केन्द्रीय प्रसारणसम्म पुग्छ । शिक्षा र स्वास्थ्य प्रणालीलाई पनि सुदृढ पार्न गाउँपालिकाले लगानी बढाउँदै लगेको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममार्फत विद्यालय भवन बनिरहेका छन् ।

ताराखोला जोड्ने मुख्य सडकको तरिम र साँघुबोटमा दुई पक्की पुल पनि पछिल्लो अवधिमा बनेका हुन् । अरु पुल बन्ने चरणमा छन् । वडा नं ४ को दोगाडीमा गाउँपालिकास्तरीय रङ्गशाला निर्माणाधीन छ । वडा नं ५ को ठूलो हिलेमा पनि नयाँ खेलमैदान बनेको छ । 

जनयुद्धताका तत्कालीन सरकारी सुरक्षा फौजले चार माओवादी कार्यकर्तालाई हत्या गरेको वडा नं २ अर्गलको गयार भन्ने स्थानमा सहिद उद्यान बनाउन विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० तयार गरी काम थालिएको अध्यक्ष घर्तीले बताउनुभयो । माओवादी आन्दोलनमा ताराखोलाका २१ जना सहिद बनेका थिए भने दुई अझै बेपत्ता छन् ।

करिमेलालाई ‘ढुङ्गेनी गाउँ’का रूपमा विकास गरी पर्यटक भित्र्याउने लक्ष्यअनुरुप पूर्वाधार निर्माणका लागि रु १६ करोडको ‘डिपिआर’ बनेको गाउँपालिकाले जनाएको छ । त्यसमा सहिद उद्यान, पदमार्गलगायत पर्यटकीय पूर्वाधारलाई पनि समेटिएको छ । ताराखोलाको मुख्य पर्यटकीय गन्तव्यस्थल गाईघाट झरनाको पूर्वाधार विकास र सौन्दर्यीकरणका लागि पनि गुरुयोजना बनाएर काम थालिएको छ । 

सार्वजनिक–निजी साझेदारी अवधारणाअनुसार झरनाछेउ ‘रिसोर्ट’ निर्माणको काम पनि अगाडि बढेको छ । सय रोपनी जग्गामा बन्ने ‘रिसोर्ट’मा गाउँपालिकाको पनि लागत साझेदारी रहने जनाइएको छ । वडा नं ५ हिले, वडा नं १ को अमरभूमिलगायतका पर्यटकीय सम्भावनायुक्त स्थलमा पूर्वाधार खडा गरी पर्यटन प्रवद्र्धन गर्ने योजना गाउँपालिकाको छ । 

पर्यटकीय गतिविधि बढाउनकै लागि गाउँपालिको आर्थिक सहयोगमा वडा नं २ मा ‘किकल्टा घरवास’ र ५ मा ‘हिले घरबास’ सञ्चालित छ । यीबाहेक प्रदेश सरकारको अनुदान लिएका दुई घरबास पनि ताराखोलामा सेवारत छन् । चालु आवमा स्थानीय पूर्वाधारतर्फका कपितय योजना सम्पन्न भइसकेको र केही निर्माणाधीन रहेको प्रमुख प्रशासकीय अधिकृत विकको भनाइ छ । निर्माण भइरहेकामध्ये कुनै योजना बहुवर्षीय छन् । भौतिक पूर्वाधारसँगै मानव विकास, सामाजिक उत्थान, सशक्तीकरण र संस्कृति संरक्षणका क्षेत्रमा पनि गाउँपालिका लागिपरेको छ । (रासस, रामबहादुर थापा)