• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo

अधिवक्ता शीतल पाण्डेविरुद्ध पक्राउ पुर्जी जारी



काठमाडौं। एक टेलिभिजनसँगको अन्तर्वातापछि विवादमा तानिएकी अधिवक्ता शीतल पाण्डेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

उनीविरुद्ध परेको जाहेरीका आधारमा केही दिनअघि पक्राउ पुर्जी जारी भएको हो।

अन्तर्वाताको क्रममा पाण्डेले आफ्नो समूदायको भावनामा चोट पुर्याएको भन्दै तामाङ समुदायका व्यक्ति तथा संस्थाले जाहेरी दिएका थिए। जाहेरीमा उनीमािथ जातिय भेदभावसहित दुईवटा कसुरमा कारबाही गर्न माग गरिएको छ ।

अन्तर्वातामा पाण्डेले हाडनाताभित्र विवाह हुँदा त्यसले उनीहरुबाट जन्मने सन्तान अपराधिक प्रवृत्तिका हुनसक्ने अध्ययनले देखाएको बताएकी थिइन् । नेपालका केही समूदायमा मामा र फुपुका छोराछोरीबीच विवाह हुने गलत प्रचलन रहेको भन्दै उनले त्यसलाई रोक्नुपर्ने अभिव्यक्ति दिएकी थिईन । त्यसपछि उनी विवादमा तानिएकी थिईन् ।

प्रहरीले पाण्डेको खोजी भइरहेको जनाएको छ।