• १८ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 30 2024
  •   Unicode
Logo
Latest
★   एमालेको विजय सभाबाट फर्किँदै गरेको पिकअप दुर्घटना, १९ जना घाइते ★   उपनिर्वाचनमा चटकेहरु साइडमा आए, ०८४ सालसम्म ठिक हुन्छन्ः सांसद खतिवडा ★   सप्तरीको चिम्टीमा भीषण आगलागी ★   राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा टेलिकमले ल्यायो नयाँ अफर ★   आर्थिक वृद्धिदर ३ दशमलव ५४ प्रतिशत अनुमान ★   डोल्पाका सबै सांसद मन्त्री ★   जापानमा आर्थिक वर्ष २०२३ मा रोजगारीको उपलब्धता घट्यो ★   टी–२० विश्वकपका लागि बटलरको कप्तानीमा इंग्ल्याण्डको टोली घोषणा ★   भारतीय पूर्व अलराउन्डरले दुखी हुँदै भने – रिंकु सिंहमाथि अन्याय भयो ★   उपनिर्वाचनको मत परिणामले राजनीतिक स्थायित्वका लागि दलहरु बलियो बन्नुपर्छ भन्ने संकेत गर्‍यो: मन्त्री गिरी

लामखुट्टेको बासस्थान नष्ट गर्न मेयर शाहको आग्रह



काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले डेङ्गु रोग सार्ने लामखुट्टेको बासस्थान नष्ट गर्न अपिल गरेका छन् । यस रोग फैलाउने लामखुट्टे सफा पानीमा बस्ने जनाउँदै उनले पानी जम्ने सडक, सडकपेटीका खाल्डाखुल्डी, करेसाबारीमा रहने गमला, पानी जम्मा गरी राखिएका भाँडा, टायर, कौसी र बरन्डामा जम्ने पानी लामखुट्टेको सङ्ख्या वृद्धि हुने ठाउँ भएकाले यस्ता ठाउँमा पानी जम्न नदिन, एउटै भाँडामा पानी थापेर धेरै समय नराख्न आग्रह गरेका हुन् ।

महामारी रोग नियन्त्रणका लागि कामपाको एक्लो प्रयासले मात्र रोकथाम हुन नसक्ने भएकाले रोग लाग्नै नदिनेतर्फ प्रयत्न गर्न महामारी रोगप्रति सचेत रहन, कामपाले सञ्चालन गरेका कार्यक्रममा सहयोग गर्न पनि प्रमुख शाहले अपिल गरेका छन् ।

नगरवासीलाई डेङ्गु रोग लाग्नबाट बचाउन कामपाले योजनाबद्ध कार्यक्रम सञ्चालन गरिरहेको छ । यस क्रममा वडास्तरमा दुई सय ६९ वटा सचेतनामूलक र्याली निकालिएको छ । हरेक बुधबार बिहान ८ः०० देखि ९ः०० बजेसम्म वडामा लार्भा खोज र नष्ट गर्ने अभियान भइरहेको पनि उहाँले जानकारी गराउनुभयो । यसका लागि सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रका स्वास्थ्यकर्मी, वडा जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेविका, स्थानीय सङ्घसंस्था र क्लबका प्रतिनिधि, नगर प्रहरी, कर्मचारी यस अभियानमा खटिने गरेका छन् ।

यस रोग नियन्त्रणकै लागि कामपाले सरकारी तथा संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीबीचमा डेङ्गु रोगसम्बन्धी चित्रकला प्रदर्शनी गरी अभिभावकसम्म सङ्क्रमणका बारेमा चेतना पुर्याउने कामसमेत गरेको छ ।

वर्षायाममा साउन, भदौ, असोज र कात्तिक महिनासम्म यस रोगको सङ्क्रमणदर तीव्र हुने गरेको विगत अभ्यासले देखाउँछ । यस अवधिमा कामपाले डेङ्गु रोगको बारेमा आवश्यक परामर्श दिनका लागि कामपाले टेलिफोनमार्फत रोगका लक्षण, उपचार, सावधानी दिनका लागि हटलाइन ११८० चौबीसै घन्टा सञ्चालनमा ल्याइएको छ । अस्पताल जानुपरे १०२ नम्बर सम्पर्क गरेर निःशुल्क एम्बुलेन्स प्रयोग गर्न पनि कामपाले आग्रह गरेको छ ।

सामान्यतया सङ्क्रमित लामखुट्टेले टोकेको चारदेखि सात दिनभित्र कडा ज्वरो आउने, वाकवाकी लाग्ने, कमजोर महसुस हुने, खान मन नलाग्ने, जिउ दुख्नेजस्ता लक्षण देखिन्छन् ।