• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा ★   ख्वप तिलगङ्गा आँखा अस्पतालद्वारा सेवा आरम्भ ★   वरिष्ठ आर्थिक पत्रकार बुढाथोकीलाई ‘मिडिया प्वाइन्ट सम्मान’ प्रदान ★   एमाले र रास्वपाबीच सहकारी र गिरिबन्धु टिस्टेट प्रकरणमा मिलेर जाने सहमति छ: गगन थापा ★   गृहमन्त्री लामिछानेले संसदमा दिएको अभिव्यक्ति टेलिभिजन प्रश्तोताका जस्तो भयो: गगन थापा ★   प्रतिनिधिसभा बैठक भोलि बस्नेगरी स्थगित ★   सहकारी प्रकरणमा मेरो कुनै संलग्नता छैनः रवि लामिछाने ★   ‘अर्को दलको सांसदलाई सदनमा बोल्न दिने कि नदिने निर्णय गर्नु कुन लोकतन्त्र हो ?’ ★   कांग्रेसलाई चेतावनी दिँदै रविले भने – तपाईँको गनगनले मात्र देश चल्दैन, झुटा मुद्दाले म डराउँदिन ★   प्रतिनिधिसभा बैठक जारी

विवेकशील साझाले सार्वजनिक गर्यो राजनीतिक दस्तावेज र वार्षिक कार्यनीति



काठमाडौं । विवेकशील साझा पार्टीले छैठोैँ स्थापना दिवसको अवसर पारेर पार्टीको राजनीतिक दस्तावेज र वार्षिक कार्ययोजना सार्वजनिक गरेको छ।

पार्टी मुख्यालय बखुण्डोलमा बिहीवार आयोजित समारोहमा अध्यक्ष समीक्षा वास्कोटा उपाध्यक्ष प्रकाशचन्द्र परियार र विमला अधिकारी, महासचिव रन्जु दर्शना, सचिवद्वय विमल तामाङ र समुन्द्र केसी,कोषाध्यक्ष दामोदर नेपाल र प्रवक्ता आशुतोष प्रधानले राजनीतिक दस्तावेज र वार्षिक कार्ययोजना संयुक्त रुपमा सार्वजनिक गरेका हुन।

समारोहमा पार्टी जीवनका विभिन्न कालखण्डमा योगदान गरेका अगुवाहरुलाई कृतज्ञता(पत्र प्रदान गरिएको थियो।

समारोहमा पार्टीका दिवंगत संस्थापक नेताहरु उज्वल थापा, रमेश महर्जन,प्रेम आचार्य,कृष्णा ताम्राकार र अरुण शाक्यलाई विशेष स्मरण गरिएको थियो।

वार्षिकोत्सवको उपलक्ष्यमा पार्टीले आगामी शनिवार बृक्षरोपण र रक्तदानको समेत आयोजना गरिएको विवेकशील साझापार्टीका केन्द्रीय कार्यालय ब्यवस्थापन विभाग प्रमुख नवराज थापाले जानकारी दिनुभयो ।