११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुमिनको फर्सि



अ+ अ-

काठमाडौं । एक अस्ट्रेलियाली किसानले ७४३ किलोको फर्सी उत्पादन गरी नयाँ रेकर्ड कायम गरेका छन्। यो फर्सी अस्टे्रलिया र न्युजिल्याण्डको अहिलेसम्मको सबैभन्दा ठूलो तौलको रहेको बताइएको छ। सो फर्सीको तौल ७४३ किलोग्रामको भएको कृषिसम्बन्धी कार्यालयले पुष्टि गरेको छ। उत्तरी न्यु साउथ वल्स भएको फर्सी प्रतियोगितामा ७४३ किलोग्रामको फर्सी उत्पादन गरी डाले ओलिभेरले सो प्रतियोगितामा विजय हासिल गरेको छ।

अस्ट्रेलियाको न्यु साउथ वेल्स स्टेटमा आयोजित कृषि मेलामा ल्याइएका फर्सीमध्ये सो फर्सी सबैभन्दा ठूलो भई पुरस्कृत भएको हो। सो क्षेत्रका एकजना किसान ओलिभेरले बढी किलोग्रामको फर्सी उत्पादन गरी राष्ट्रकै एक प्रमुख उत्पादनकर्ताको पुरस्कार प्राप्त गरेका छन्। उनले यसअघि सन् २०१३ का ५४७ किलोग्रामको फर्सीको रेकर्डलाई तोडेर ६१९ किलोको फर्सी उत्पादन गरी रेकर्ड कायम गर्न सफल भएका थिए। 

ओलिभरका अनुसार उनले यो फर्सी करिब ८० दिनमा उत्पादन गरेका थिए। गिनीज बुक अफ बर्ल्ड रेकर्डमा भने एक हजार ५४ किलोग्रामको फर्सीको संसारको सबैभन्दा ठूलो फर्सीका रुपमा दर्ता भएको छ। संसारको सबैभन्दा ठूलो सो फर्सी स्वीजरल्याण्डका बेनी मैएरले उत्पादन गरेका हुन्।