१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar संसद अधिवेशन भोलिदेखि अन्त्य हुँदै, अब के हुन्छ निजामति विधेयक ? News Polar संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar घिरिङमा बाढीपहिरोले सात झोलुङ्गे पुल र बेलिब्रिजमा क्षति News Polar कालीगण्डकी करिडोर सञ्चालनमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता

थापाको नियुक्ति बदर, कोशीका मुख्यमन्त्री को ?

थापाको नियुक्ति बदर, कोशीका मुख्यमन्त्री को ?
अ अ+ अ-

काठमाडौं । सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरे पछि अबको मुख्य मन्त्रीको भन्ने प्रश्न उठेको छ ।

सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ, आनन्द मोहन भट्टराई र ईश्वरप्रसाद खतिवडाको पूर्ण इजलासले आज कोशी प्रदेश सरकार गठनमा सभामुख बाबुराम गौतमको हस्ताक्षरलाई त्रुटीपूर्ण भएको ठहर गर्दै नियुक्ति प्रक्रिया नेपालको संविधान प्रतिकुल देखिएकाले उत्प्रेषणको आदेशले बदर गरेको छ ।

कोशी प्रदेशका मुख्यमन्त्री नियुक्ति प्रक्रिया असंवैधानिक भएको उल्लेख गर्दै गत असार २२ गते निर्वतमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो ।

संविधानविद डा.भीमार्जुन आचार्यका अनुसार सविधानले सरकार रिक्तताको कल्पना नगरेको,तथा बर्तमान मुख्यमन्त्री थापाको नियुक्ति नै असबैधानीक भई बदर भएकोले अर्को सरकार गठन नहुँदा सम्म निर्वतमान मुख्यमन्त्री हिक्मतकुमार कार्की नै कामचलाउ मुख्यमन्त्रीका रुपमा रहने बताउनुभयो ।

उहाँले न्यूजपोलारसँग भन्नुभयो ‘सर्वोच्चले जुन विन्दुबाट संविधानको प्रयोग र पालना त्रुटीपूर्ण भएको हो त्यहीँबाट सच्चाउन आदेश दिएसंगै स्वत: कार्कीको सरकार कामचलाउ सरकारमा परिणत भएको छ ।’

उहाँले भन्नुभयो ‘अब अदालतले तोकेको समय भित्र कि कुनै पक्षले बहुमत पुर्योउनु पर्ने हुन्छ नभए नेपालको संविधानको धारा १६८ को उपधारा (३) बमोजिम अर्को सरकार गठन हुन्छ । त्यो ठुलो दलका नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्रीका नियुक्ति गर्नुपर्छ ।’

कोशी प्रदेशमा मुख्यमन्त्री नियुक्ति प्रक्रिया असंवैधानिक भएको उल्लेख गर्दै गत असार २२ गते निर्वतमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो ।