६ श्रावण २०८३, बुधबार
,
Latest
पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ग्रीन रन प्रतियोगिता, कल्याण कोषको घोषणा ‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता ‘आरसीओडी’को म्याद थप्न ऊर्जामन्त्री बोलाए बैठक सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै जलवायु जनचेतना जगाउन कांग्रेसको ‘ग्रीन रन’- फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन् मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनौठो मन्दिर ! जसले जहाजलाई आफूतर्फ खिच्छ



अ+ अ-

एजेन्सी । छिमेकी देश भारत रहस्यले भरिपूर्ण छ । पाइला–पाइलामा यस्ता अनौठा जानकारीहरु आइरहन्छन् जसका अनौठा तथ्यहरु हुन्छन् । यसै सन्दर्भमा एक मन्दिरको बारेमा चर्चा गरौं जुन मन्दिररमा ५२ टनको चुम्बक लगाइएको छ ।

यस मन्दिरको नाम हो कोणार्कको ‘सुर्य मन्दिर’ । यो मन्दिर आफ्नो पौराणिकता र आस्थाको लागि विश्वभरमा चर्चित छ । तर कैयौं अन्य कारणहरु रहेका छन् जसकारण यस मन्दिरलाई दर्शन गर्नका निम्ति टाढा–टाढा बाट मानिसहरु यहाँ आउने गर्छन् ।

कोर्णाक मन्दिरको गर्भगृहमा स्थापित गरिएको सुर्य भगवानको साक्षात दर्शनको सौभाग्य कम मानिसहरुको लागि मात्र प्राप्त हुन्छ । यस मन्दिरलाई युनेस्कोद्वारा विश्व सम्पदा सुचीमा पनि समावेश गराइएको छ । भन्ने गरिन्छ यस मन्दिरमा ५२ टनको विशाल चुम्बक लगाइएको छ ।

पौराणिक कथा अनुसार सुर्य मन्दिरको शिखरमा ५२ टन चुम्बकीय पत्थर लगाइएको थियो । यो पत्थर समुद्रको विपतलाई कम गर्ने गथ्र्यो । जसकारण यो मन्दिर सयौं दशक देखि समुद्रको किनारमा रहिरहेको छ । यो मन्दिरलाई चुम्बकीय व्यवस्थाको हिसाबले निर्माण गरिएको थियो ।

विशाल चुम्बकीय व्यवस्था आधुनिक कालको शुरुवातमा भने समस्या बन्न पुग्यो । चुम्बकीय शक्ति यति भयानक थियो की पानीजहाजलाई मन्दिरतर्फ नै खिच्ने गथ्र्यो । अंग्रेजहरुको कालमा जब नोक्शान हुन थाल्यो तब उनीहरुले मन्दिरभित्र लगाइएको चुम्बक निकालियो ।

चुम्बक निकालेपछि मन्दिरको सन्तुलन समेत बिग्रन पुग्यो । जसकारण मन्दिरको कैयौं पर्खालहरु र पत्थर झर्न थाल्यो । भारतको पूर्वी राज्य ओडीशामा स्थित यो मन्दिर चन्द्रभागा नदीको किनारमा निर्मित छ । अद्भुत कलाको नमूना यो मन्दिर अनौठो रहेको छ ।