• १० जेष्ठ २०८१, बिहीबार
  •      Thu May 23 2024
  •   Unicode
Logo
Latest
★   कलापरिषद्मा ‘देवीदेवता र तिनका बासस्थल’ ★   विद्यार्थी लिएर रारा गएको जिप दुर्घटना, १२ जना घाइते ★   सीता एयरको जहाजले ठक्कर दिँदा कर्मचारी घाइते ★   कैलाश सिरोहियामाथिको आरोप निराधार र त्रुटीपूर्ण छन्: विमलेन्द्र निधी ★   यस्तो देश जहाँ गाइको डकार र भेँडाको पिसाबमा कर तिर्नुपर्छ ★   हाम्रो शरीरले कति गर्मी सहन सक्छ ? ★   ‘पुजार सार्की’को प्रिमियरमा प्रदीप खड्काले भने– वास्तविक जीवनमा नि छिट्टै विवाह हुन्छ ★   कालीगण्डकी करिडोर: बलेवा–हर्मिचौर खण्डमा ५० प्रतिशत प्रगति ★   चलचित्र ‘फर्की फर्की’को प्रिमियरपछि कलाकार: ‘अनमोलको अहिलेसम्मकै उत्कृष्ट फिल्म’ ★   कोलकाताका सह–मालिक शाहरुख खान अहमदाबादमा अस्पताल भर्ना

गोलको वर्षा गराउदै आर्सनलले बार्सिलोनालाई हरायो



एजेन्सी । प्रि सिजनको मैत्रीपूर्ण खेलमा इंग्लिस क्लब आर्सनलले बार्सिलोनाको पोस्टमा गोलको वर्षा गराउदै ५-३ ले हराएको छ ।

पहिलो हाफ २-२ को बराबरीमा सकिए पनि दोस्रो हाफमा बार्सिलोना कमजोर बन्दा आर्सनलसँग पराजित हुन पुग्यो ।

दोस्रो हाफमा सुरुवाती रोजाइका सबै खेलाडी परिवर्तन गरेको बार्सिलोनाले आर्सनलले ३ गोल गर्दा १ गोल मात्र फर्काउन सक्यो।

खेलको सातौं मिनेटमा पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीले बार्सिलोनालाई अग्रता दिलाएका थिए । त्यसपछि १३ औं मिनेटमा आर्सनलका बुकायो साकाको गोलसँगै बराबरीमा फर्कियो । पेनाल्टी क्षेत्रभित्र डिफेन्सले गरेको गल्तीमा उनले गोल गरेका थिए । तर उनले त्यसपछि प्राप्त पेनाल्टीमा भने गोल गर्न सकेनन् ।

३४ औं मिनेटमा ब्राजिलियन राफिन्हाले गोल गर्दै बार्सिलोनालाई अघि बढाए । त्यसपछि पहिलो हाफको २ मिनेट बाँकी रहँदा आर्सनलका काइ हाभर्ट्जले गोल गर्दै खेल २-२ माबराबरी गरे ।

लिआन्द्रो ट्रोसार्डले ५५ औं मिनेटमा गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । त्यस्तै, खेलको ७८ औं मिनेटमा ट्रोसार्डले गोल गर्दै अग्रता दोब्बर पारे । किएरन टिएर्नीको क्रसमा पहिलो टच फिनिस गर्दै उनले आर्सनललाई ४-२ ले अघि बढाए ।

८८ औं मिनेटमा बार्सिलोनाका फेरान टोरेसले गोल गरेका थिए । त्यसको एक मिनेट लगत्तै फाबिओ भिएराले आर्सनलका लागि अर्को गोल थपे ।

अब प्रि सिजनमा बार्सिलोनाले रियल म्याड्रिडसँग जुलाई ३०, एसी मिलानसँग जुलाई २ र टोटेनहमसँग अगस्ट ८ मा खेल्नेछ । यस्तै, आर्सनलले पनि अगस्ट २ मा मोनाकोसँग र अगस्ट ६ मा म्यानचेस्टर सिटीसँग प्रतिस्पर्धा गर्नेछ ।