• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

बागी उठेर चुनाव जितेका १४ जनालाई कांग्रेसले गर्यो कारबाही फुकुवा



काठमाडौँ । नेपाली कांग्रेसले गत निर्वाचनमा बागी उम्मेदवारी दिएर चुनाव जितेका १४ जनाको कारबाही फुकुवा गरेको छ ।

एक सातादेखि जारी केन्द्रीय कार्यसमिति बैठकले गएका स्थानीय तह, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पार्टी र गठबन्धनका उम्मेदवारविरुद्ध बागी उठेर निर्वाचित १४ जना नेताहरुको कारबाही फुकुवा गरेको हो ।

यी हुन् कारबाही फुकुवा हुनेहरु:
१. देवेन्द्र शाही (जुम्ला)–कर्णाली प्रदेशसभा सदस्य
२. जंगीलाल राय (सर्लाही) मधेश प्रदेशसभा सदस्य
३. मनोजकुमार साह, जनकपुरधाम उपमहानगरपालिकाका मेयर
४. नवराज शाही, जिल्ला समन्वय समिति प्रमुख, दैलेख
५. प्रल्हादकुमार क्षेत्री, बर्दिबास नगरपालिकाका मेयर
६. तारादेवी खड्का, बर्दिबास नगरपालिकाकी उपमेयर
७. रामस्वगारथ यादव, बर्दिबास ९ का वडाअध्यक्ष
८. विन्देश्वर यादव, वडाध्यक्ष बर्दिबास, महोत्तरी
९. विजय महतो, वडाध्यक्ष बर्दिया
१०. प्रमोद मोक्तान, बर्दिबास, महोत्तरी
११. अक्कल तामाङ, बर्दिबास, महोत्तरी
१२. लक्ष्मण सिंह, बर्दिबास, महोत्तरी
१३. राजुसिंह कठायत, जुम्ला
१४. रूकुम तामाङ