• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo

खोलाले बस बगायो



चितवन । माडी नगरपालिका वडा नम्बर ८ र ९ को सिमानामा पर्ने घागर खोलाले बस बगाएको छ । बगहिबाट आज बिहान नारायणगढका लागि आउँदै गरेको ना४ख १९४७ नम्बरको बस खोला तर्ने क्रममा पानीको बहाव बढ्न गई अनियन्त्रित भई पल्टिएको हो ।

बिहान ११ः१० बजे घटना भएको हो । बसमा सवार चालक र सहचालकको सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो ।

उहाँका अनुसार खोलामा बस फसेपछि निकाल्ने क्रममा खोलाले बसलाई पल्टाएको हो । खोलाले बगाएको बस घटनास्थलमा नै रहेको उहाँले बताउनुभयो । रासस