• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo

भालुको पित्त जस्तो देखिने वस्तुसहित २ जना पक्राउ



काठमाडौँ । प्रहरीले भालुको पित्त जस्तो देखिने वस्तुसहित २ जनालाई पक्राउ गरेको छ ।

बुधबार दिउँसो रेडनपुल नजिक मिरमिरे लाईफ सेकुवा कर्नरमा अबैध रुपमा भालुको पित्त जस्तो देखिने वस्तुको बिक्री वितरण भईरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सोलुखुम्बु घर भई हाल कपन बस्ने ३९ वर्षीय तेन्दोर्जी तामाङ र काभ्रेपलाञ्चोक घर भई हाल बौद्ध बस्ने २९ वर्षीय नाम्गेल तामाङ रहेका छन् ।

उनीहरुलाई आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय हात्तिसार काठमाडौं पठाईएको प्रहरीले जनाएको छ ।