४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या

राज्यको अंग कमजोर भएकै कारण विमानस्थलबाट सुन उम्कियोः राजेन्द्र पाण्डे

राज्यको अंग कमजोर भएकै कारण विमानस्थलबाट सुन उम्कियोः राजेन्द्र पाण्डे
फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) कार्यवाहक अध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले राज्यको अंग कमजोर भएकै कारण सुन तस्कर भएको बताउनुभएको छ ।

बुधवार आयोजित पत्रकार सम्मलेनमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले एउटा अंग कमजोर हुँदा अर्को सरकारको अंगले पक्राउ गर्नु राम्रो पक्ष भएको बताउनु भयो । उहाँले सरकारका सबैखाले अंगहरु चुस्त र दुरुस्त हुनुपर्ने बताउनु भयो ।

उहाँले सेटिङ बिग्रिएर सुन समातियो भन्ने बाहिरि आशंका रहेको भन्दै कुनैपनि भ्रष्टाचारजन्य र तस्करीजन्य गतिविधिमा पूर्ण रुपमा नियन्त्रण गर्नेगरी राज्य उभिनुपर्ने बताउनु भयो । उहाँले राज्यले भ्रष्टाचारजन्य गतिविधिहरु नियन्त्रणका लागि राम्रोसँग काम गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘सुन काण्डको सवालमा हेर्ने हो भने सरकारको एउटा अंग कमजोर भएको देखियो । अर्को अंगले त्यसलाई तत्काल कारबाही गर्न सफल भयो । हाम्रो भनाइ के हो भने सरकारका यस्ता खालका गतिविधिमा अध्ययन, अनुसन्धान गर्ने, नियन्त्रण गर्ने सबै अंगहरु चुस्त, दुरुस्त हुनुपर्छ । कता शंका पनि छ, सेटिङ बिग्रिएर समातियो भन्ने, भित्रैबाट सेटिङ मिलेर बाहिर आयो, अर्कोथरीले त्यो अनुसारको सहमति नभएका कारण नमिलेका कारण समातिएको भन्ने छ । तर हामी के चाहन्छौँ भने यस्ता कुनैपनि भ्रष्टाचारजन्य र तस्करीजन्य गतिविधिमा पूर्ण रुपमा नियन्त्रण गर्नेगरी राज्य उभिनुपर्छ । राज्यले आफ्नो भुमिका निभाउनु पर्छ ।’

नेकपा (एकीकृत समाजवादी) ले सुन तस्करी प्रकरणमा गृहमन्त्री वा अन्य मन्त्रीहरुको राजीनामा मागेर अनुसन्धान बिथोल्ने काम भए त्यसको बिरोधमा पार्टी रहने स्पष्ट पारेको छ ।