१२ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढीका घाइते ५९ जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भोटेकोशी बाढीः खोज तथा उद्धारमा १३ हजार सुरक्षाकर्मी परिचालन, एक हजार ९७६ जनाको उद्धार मधेसमा आज ‘राखी’ पर्व, बाढीको पीडाबीच मनाइँदै दाजुभाइ–दिदीबहिनीको प्रेमको पर्व यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य भोटेकोसी बाढी अपडेट: ४६९ जनाको शव फेला, ९७७ जना अझै बेपत्ता मन्त्रिपरिषद् बैठक बस्दै रवीन्द्रको अग्निपरीक्षा आज, युएफसी फाइनलका लागि मर्डोकसँग भिडन्त मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्यको मृत्यु भोटेकोशी बाढीमा मधेस प्रदेशका ५८ जना सम्पर्कविहीन, विवरण सङ्कलन गर्दै प्रहरी भोटेकोशी बाढीः सुनसरीका १५ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नाबालिगलाई क्लबमा प्रवेश गराएको आरोपमा एलओडीका सीईओसहित ३ जनाविरुद्ध मुद्दा दायर



अ+ अ-

काठमाडौं । ठमेलको चर्चित नाईट क्लब लर्ड अफ ड्रिकस् ( एलओडी ) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) रविन श्रेष्ठसहित ३ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ ।

एलओडीमा प्रवेश गरेकी १५ वर्षीया बालिकाको सानेपामा बलात्कृत भएपछि नाबालिगलाई क्लबमा प्रवेश गराएको आरोपमा पिडितको परिवारले जाहोरी दिएका थिए ।

यस प्रकरणमा क्लबका फ्रन्ट अफिस म्यानेजर २७ वर्षीय सहदेव सेढाई र कर्मचारी २३ वर्षीया सपना ढुंगाना पक्राउ परेका थिए । सीईओ रविन भने फरार छन् ।

उनीहरूविरुद्ध बालबालिकाविरुद्ध कसुर गरेको आरोप लगाइएको छ । सरकारी वकिलले उनीहरुलाई ५० हजार रूपैयाँसम्म जरिवाना र एक वर्षसम्म कैद सजाय माग गरेका छन् ।

प्रहरीले घटनाबारे छानबिन गर्न एलओडीका दुईजना सञ्चालकलाई समेत पक्राउ गरेको थियो । तर, सरकारी वकिलले उनीहरूलाई हाजिरी जमानीमा छोडेको थियो ।