१२ आश्विन २०८१, शनिबार
,
Latest
डुबानमा फसेका व्यक्तिहरुको उद्धार-फोटो फिचर कुलेखानी जलाशयमा पानीको सतह घट्न थाल्यो केन्द्रिय सुरक्षा समितको बैठक सिंहदरबारमा जारी सप्तकोशीमा खतराको संकेतः रातो झण्डा गाडियो, खोलिए सबै ढोका नागरिकको सुरक्षाका लागि सरकार गम्भीर छ, शतर्कता अपनाउनु होस्ः कार्यवाहक प्रधानमन्त्री सिंह मकवानपुरको सिस्नेरीमा बाढीले ३० घर बगायो, खानीखेतका २८ घर डुबानमा पहिराका कारण तनहुँका विभिन्न ठाउँमा सडक अवरुद्ध मेची राजमार्गको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध प्रधानमन्त्रीको उपस्थितिमा मातृ–शिशु स्वास्थ्यमा सहकार्यसम्बन्धी सम्झौता पाथीभरा केबलकार ताप्लेजुङको विकास र समृद्धिमा कोसेढुङ्गो साबित हुनेछ–अध्यक्ष ढकाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

महानगरले भत्काएको भद्रकुमारी सेवा सदनमा ‘भद्र घले पार्क’ निर्माण हुने



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले भद्रकुमारी घले सेवा सदनको भवन भत्काएको स्थानमा पार्क निर्माण गर्ने भएको छ ।

काठमाडौँ महानगरपालिका प्रमुख बालेन साहले सो स्थानमा भद्र घले पार्क बनाउने तयारी गर्नुभएको सन्देश महानगरपालिकाका नगर प्रहरी बल प्रमुख राजुनाथ पाण्डेले घलेलाई सुनाउनु भएको छ । घलेको निवासमा पुगेर पाण्डेले पार्क निर्माणका बारेमा जानकारी गराउनुभएको हो ।

सो अवसरमा  घलेले नगरपिता जस्तो मान्छेले एकपटक भत्काउनुअघि सोधेको भए राम्रो हुनेथियो भन्ने प्रतिक्रिया दिनुभयो । यद्यपि उहाँले भ्रष्टाचार र अव्यवस्थाले गाँजेको मुलुकको अहिलेको अवस्थामा बालेनजस्तो तेजतर्रार र नौजवान मानिसको खाँचो रहेको बताउनुभयो । उहाँले आफूले भद्रकुमारी घले सेवा सदन नै महानगरपालिकालाई बुझाउन खोजेको जानकारी दिनुभयो ।

अनधिकृत संरचना निर्माण गरेको भन्दै महानगरपालिकाले यही साउन ३ गते बुधबार केही संरचना भत्काएको थियो ।

यो पनि पढ्नुहोसमहानगरले चलायो भद्रकुमारी घले सेवा सदनमा डोजर – फोटोफिचर

महानगरपालिकाको निर्णयप्रति टिप्पणी गर्दै नइ प्रकाशनका संस्थापक नरेन्द्रराज प्रसाईंले भन्नुभयो, “नेपाल राष्ट्रका गौरवी नारी सुश्री भद्रकुमारी घलेप्रति बालेन साहले शाश्वत न्याय गरेका छन् ।”

भवनमा डोजर चलेपछि नइ प्रकाशनका संस्थापक मध्येकै इन्दिरा प्रसाईंले महानगरपालिकाले देशकी महामना गौरवी नारी सुश्री भद्रकुमारी घलेको सम्मान गर्न नजानेको बताउनुभएको थियो । राष्ट्रकी धरोहर भद्रदिदीको सङ्ग्राहलय समेत विचल्ली पारेर खोइ के गर्ने लक्ष लिएका हुन् यी मेयर बालेनले भन्दै प्रश्नसमेत गर्नुभएको थियो ।

उहाँले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको थियो, “सरकारी जग्गाको भद्रदिदीले मात्र होइन जसकसैले पनि दुरुपयोग गरेको छ भने त्यसमाथि राज्यले हस्तक्षेप गर्नै पर्छ । भद्र सदनको जमीन पनि भद्रदिदीको होइन भने महानगरपालिकाले हस्तक्षेप गरेर कुनै गल्ति गरेको छैन । अर्को कुरा काठमाडौँका अव्यवस्थित बसोबासलाई व्यवस्थित बनाउनु जनमहत्त्वको कुरा हुँदै हो । साँगुरा बाटाघाटा फराकिलो पार्नु पनि अति आवश्यकीय र सह्राहनीय कुरा हो । त्यति पनि नबुझ्ने पटमूर्ख त हरेक चेतनशील नागरिक छैनन् नै ।

तर महानगरपालिकाले एउटी ९३ वर्षीय वृद्धाले समाजकै लागि गरेको निर्माण तहसनहस पार्नु पर्ने कि अधिकरण गरेर महानगरपालिकाले त्यसमा नमिलेका कुराहरू मिलाएर चलाउनु पर्थ्यो ? गरिबीको दलदलमा फसेको हाम्रो नेपालजस्तो राष्ट्रका सरकारी निकायले विध्वंश रोज्ने कि संवर्धन ? कामनपाले भद्र दिदी अर्थात् यस राष्ट्रकी नेपाली साहित्यकी एकजना नारीचुलीको सम्मान गर्न किन पछाडि पर्यो रु भद्र सेवा सदन संहार गरेर महानगरपालिकाले भष्मासुरको अवतार लिएको देखियो । यसैमा मात्र मेरो विमति हो ।

हुनत बालेन मेयरलाई हिजोआज डोजर मेयर भनेर पनि चिनिन्छ । भद्र सेवा सदनको संहार गरेको देखेपछि वास्तवमै यी डोजरमेयरको संवेदना पनि डोजरकै छ जस्तो मलाई पनि लागेको छ ।”

यो पनि पढ्नुहोस- भद्रकुमारी घले सेवा सदन नभत्काउन आदेश