१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए News Polar पशु, बधशाला तथा मासु जाँच ऐन संशोधन विधेयक संसद्मा पेश गर्न स्वीकृति News Polar खाद्य नोक्सानी र खाद्य खेर जाने प्रवृत्ति न्यूनीकरणका लागि राष्ट्रिय पहलमा जोड News Polar चर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटक १६ गतेदेखि काठमाडौँमा मञ्चन हुँदै News Polar पहिरोले लामाबगरका चार घर र दुई गोठ पुरिए, एक जना घाइते News Polar सङ्घीय निजामती सेवासम्बन्धी विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय News Polar बाढी–पहिरोबाट अवरुद्ध टेलिकमका १३० साइट अझै सञ्चालनमा आउन बाँकी

महानगरले भत्काएको भद्रकुमारी सेवा सदनमा ‘भद्र घले पार्क’ निर्माण हुने

अनधिकृत संरचना निर्माण गरेको भन्दै महानगरपालिकाले यही साउन ३ गते बुधबार केही संरचना भत्काएको थियो

महानगरले भत्काएको भद्रकुमारी सेवा सदनमा ‘भद्र घले पार्क’ निर्माण हुने
अ अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले भद्रकुमारी घले सेवा सदनको भवन भत्काएको स्थानमा पार्क निर्माण गर्ने भएको छ ।

काठमाडौँ महानगरपालिका प्रमुख बालेन साहले सो स्थानमा भद्र घले पार्क बनाउने तयारी गर्नुभएको सन्देश महानगरपालिकाका नगर प्रहरी बल प्रमुख राजुनाथ पाण्डेले घलेलाई सुनाउनु भएको छ । घलेको निवासमा पुगेर पाण्डेले पार्क निर्माणका बारेमा जानकारी गराउनुभएको हो ।

सो अवसरमा  घलेले नगरपिता जस्तो मान्छेले एकपटक भत्काउनुअघि सोधेको भए राम्रो हुनेथियो भन्ने प्रतिक्रिया दिनुभयो । यद्यपि उहाँले भ्रष्टाचार र अव्यवस्थाले गाँजेको मुलुकको अहिलेको अवस्थामा बालेनजस्तो तेजतर्रार र नौजवान मानिसको खाँचो रहेको बताउनुभयो । उहाँले आफूले भद्रकुमारी घले सेवा सदन नै महानगरपालिकालाई बुझाउन खोजेको जानकारी दिनुभयो ।

अनधिकृत संरचना निर्माण गरेको भन्दै महानगरपालिकाले यही साउन ३ गते बुधबार केही संरचना भत्काएको थियो ।

यो पनि पढ्नुहोस –महानगरले चलायो भद्रकुमारी घले सेवा सदनमा डोजर – फोटोफिचर

महानगरपालिकाको निर्णयप्रति टिप्पणी गर्दै नइ प्रकाशनका संस्थापक नरेन्द्रराज प्रसाईंले भन्नुभयो, “नेपाल राष्ट्रका गौरवी नारी सुश्री भद्रकुमारी घलेप्रति बालेन साहले शाश्वत न्याय गरेका छन् ।”

भवनमा डोजर चलेपछि नइ प्रकाशनका संस्थापक मध्येकै इन्दिरा प्रसाईंले महानगरपालिकाले देशकी महामना गौरवी नारी सुश्री भद्रकुमारी घलेको सम्मान गर्न नजानेको बताउनुभएको थियो । राष्ट्रकी धरोहर भद्रदिदीको सङ्ग्राहलय समेत विचल्ली पारेर खोइ के गर्ने लक्ष लिएका हुन् यी मेयर बालेनले भन्दै प्रश्नसमेत गर्नुभएको थियो ।

उहाँले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको थियो, “सरकारी जग्गाको भद्रदिदीले मात्र होइन जसकसैले पनि दुरुपयोग गरेको छ भने त्यसमाथि राज्यले हस्तक्षेप गर्नै पर्छ । भद्र सदनको जमीन पनि भद्रदिदीको होइन भने महानगरपालिकाले हस्तक्षेप गरेर कुनै गल्ति गरेको छैन । अर्को कुरा काठमाडौँका अव्यवस्थित बसोबासलाई व्यवस्थित बनाउनु जनमहत्त्वको कुरा हुँदै हो । साँगुरा बाटाघाटा फराकिलो पार्नु पनि अति आवश्यकीय र सह्राहनीय कुरा हो । त्यति पनि नबुझ्ने पटमूर्ख त हरेक चेतनशील नागरिक छैनन् नै ।

तर महानगरपालिकाले एउटी ९३ वर्षीय वृद्धाले समाजकै लागि गरेको निर्माण तहसनहस पार्नु पर्ने कि अधिकरण गरेर महानगरपालिकाले त्यसमा नमिलेका कुराहरू मिलाएर चलाउनु पर्थ्यो ? गरिबीको दलदलमा फसेको हाम्रो नेपालजस्तो राष्ट्रका सरकारी निकायले विध्वंश रोज्ने कि संवर्धन ? कामनपाले भद्र दिदी अर्थात् यस राष्ट्रकी नेपाली साहित्यकी एकजना नारीचुलीको सम्मान गर्न किन पछाडि पर्यो रु भद्र सेवा सदन संहार गरेर महानगरपालिकाले भष्मासुरको अवतार लिएको देखियो । यसैमा मात्र मेरो विमति हो ।

हुनत बालेन मेयरलाई हिजोआज डोजर मेयर भनेर पनि चिनिन्छ । भद्र सेवा सदनको संहार गरेको देखेपछि वास्तवमै यी डोजरमेयरको संवेदना पनि डोजरकै छ जस्तो मलाई पनि लागेको छ ।”

यो पनि पढ्नुहोस- भद्रकुमारी घले सेवा सदन नभत्काउन आदेश