४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते

महानगरले चलायो भद्रकुमारी घले सेवा सदनमा डोजर – फोटोफिचर

महानगरले चलायो भद्रकुमारी घले सेवा सदनमा डोजर – फोटोफिचर
अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले भद्रकुमारी घले सेवा सदनको भवन भत्काउन सुरु गरेको छ । काठमाडौं महानगरपालिकाले बुधबार बिहानबाट अनधिकृत रुपमा बनाइएको संरचना भन्दै सो सेवा सदनको भवन भत्काउने काम सुरु गरेको हो ।

समाजसेवाको क्षेत्रमा आफूलाई समर्पित गरेकी घलेले अनाथ, असहाय, अशक्त बालबालिका, महिला, ज्येष्ठ नागरिकहरुका लागि सो भवनमा आश्रय दिँदै आउनु भएको छ । यता, महानगरपालिकाले भने सार्वजनिक जग्गामा बनाइएको भवन भत्काउनु कानुनी राज्यको कर्तव्य भएकाले भत्काउने काम गरिएको जनाएको छ । महानगरपालिकाका नगर प्रहरी वल प्रमुख राजुनाथ पाण्डेले अनधिकृत रुपमा बनेका संरचना भत्काउनु परेको बताउनु भयो ।

उहाँले कानुनी राज्यमा कानुन अनुसार काम हुने भन्दै आफूहरुले सोही अनुसार सो सदनको अनधिकृत भवन भत्काउने काम सुरु गरेको बताउनु भयो । नगरप्रहरी प्रमुख पाण्डेले आश्रय लिईरहेका अनाथ, अशक्त बालबालिका तथा ज्येष्ठ नागरिकहरुको पनि महानगरपालिकाले आश्रयको व्यवस्था गर्ने आश्वासन दिनु भयो । उहाँले भन्नु भयो, ‘यो अनाधिकृत संरचना हो । यो सार्वजनिक जग्गा हो । यसमा भएको संरचना भत्काईन्छ । कानुनी व्यवस्था यही हो । कानुनी राज्यमा कानुन अनुसार काम हुन्छ । भावनामा बग्ने छुट हामीलाई छैन ।’

यता, सामाजिक संघ, संस्थाहरुले भने समाजसेवाको क्षेत्रमा समर्पित सो सदन भत्काउने काम गरेको भन्दै काठमाडौं महानगरपालिकाको विरोध गरेका छन । उनीहरुले पूर्व जानकारी समेत नगराई अनाथ, अशक्त र असहाय बालबालिका, महिला, ज्येष्ठ नागरिकहरुलाई आश्रय दिने काम गरिरहेको सो सदनको भवन भत्काउने महानगरपालिकाको कदमलाई अत्याचारको संज्ञा दिएका छन् ।

जब्बरजस्ती ढंगले सो सदनको भवन भत्काउने काम गर्नु गलत भएको राउटे लोपोन्मुख सिमान्तकृत उत्थान प्रतिष्ठान नेपालकी अध्यक्ष सत्यदेवी खड्का अधिकारीले बताउनु भयो । उहाँले भन्नु भयो, ‘जब्बरजस्ती सामान नै उठाउन नदिएर डोजर चलाउनु राम्रो होइन । असहाय, महिला, बालिबालिका, ज्येष्ठ नागरिकहरुको व्यवस्थापनका लागि समय चाहिएको कुरा हामीले राखेका हौं ।’

अन्य संस्थाहरुले पनि सो सदनलाई महानगरपालिकाले प्रयोगमा ल्याउनुपर्नेमा भत्काउने काम गरेको भन्दै आक्रोश पोखेका थिए ।

पञ्चायतकालमा सांसद हुँदै सहायकमन्त्री समेत रहनु भएकी घलेले आफ्नो व्यक्तिगत सम्पत्ति समाजसेवाको काममा परिचालन गर्दै आउनु भएको छ । उहाँले सो सदन भित्र पुस्तकालय, बाचनालय, धार्मिक स्थल, स्कुल आदिको रुपमा प्रयोग गर्दै आउनु भएको छ ।