१९ असार २०८३, शुक्रबार
,
Latest
राज्य व्यवस्था समितिको टोलीद्वारा कञ्चनपुर कारागार अनुगमन ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु कर्तव्य ज्यान मुद्दाका फरार घर्तीमगर पक्राउ धनुषामा अनियन्त्रित रथका कारण बालिकाको मृत्यु सरकारले तत्काल राष्ट्रिय चिया लिलाम बजारको स्थापना गर्नुपर्दछः नेकपा सांसद अर्याल बैतडीमा यात्रुवाहक बस दुर्घटना, क्षतिको विवरण आउन बाँकी नेप्से परिसूचक आठ अङ्कले घट्यो सरकारका १०० दिनः सार्वजनिक जग्गा संरक्षणदेखि सहकारी बचतकर्ताको रकम फिर्तासम्म सरकारले विद्युत व्यापारमा उचित कदम चाल्न आवश्यक छः काँग्रेस सांसद गुरुङ देउवा पक्षका शीर्ष नेताको बैठक सुरु, कांग्रेसभित्रको आन्तरिक समीकरणबारे छलफल हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

आम जनता पार्टीको माग– गौर हत्याकाण्डका दोषीलाई कानूनी दायरामा ल्याऊ



फाईल फोटो
अ+ अ-

काठमाडौँ । गौर हत्याकाण्डका हत्यारालाई जोगाउन रौतहटका सत्तारुढ राजनीतिक दलहरु एकजुट भएको आरोप लगाउँदै आम जनता पार्टी (आजपा) ले उक्त हत्याकाण्डका दोषीलाई कानूनी दायरामा ल्याउन माग गरेको छ ।

मंगलबार आजपाका अध्यक्ष प्रभु साहको नाम जोडेर रौतहटका सत्तारुढ दलहरु नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा), जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी (जसपा) ले संयुक् रुपमा प्रदर्शनप्रति आजपाले गम्भीर ध्यानाकर्षण भएको भन्दै आपत्ति जनाएको छ ।

“आम जनताको कुनै हक अधिकार वा पीडितहरुलाई न्याय दिलाउन एकजुट हुनुको सट्टा आज एकाएक विगत १७ वर्षदेखि अनवरत न्यायको पर्खाइमा रहेका विभत्स गौर हत्याकाण्डका पीडितहरुले न्याय पाउने सम्भावना बढेसँगै हत्याकाण्डका अपराधी र तीनका संरक्षकहरु आतंकित भई हताश मनोविज्ञानका साथ यसरी संगठित हुनुले पनि काफी कुराको संकेत गरिरहेको स्थित छ”, विज्ञप्तिमा भनिएको छ ।

आजपाका प्रवक्ता चन्द्रभुषण साहद्वारा जारी विज्ञप्तिमा सर्वोच्च अदालतसहित देशका तिनै तहको न्यायालयबाट न्याय निरुपण हुँदा कहीँ कतै प्रभु साहको नाम निशानसमेत नआएको विषयमा पूर्वाग्रही भई कपोकल्पित, आधारहीन र झुटो आरोप लगाएर प्रदर्शन भएको बताइएको छ ।

“यदि सत्तारुढ गठबन्धनले लगाएको आरोपमा थोरै पनि सत्यता छ भने यसलाई प्रमाणित गर्न आम जनता पार्टी खुल्ला चुनौती दिन चाहन्छ”, विज्ञप्तिमा भनिएको छ, “गौर हत्याकाण्डका अपराधीहरुलाई यथाशीघ्र कानूनी दायरामा ल्याउन मार्गप्रशस्त गरी सहयोग गर्न सम्बन्धित सबै पक्षहरुसँग जोडदार माग समेत गर्दछौँ ।