२३ असार २०८३, मंगलवार
,
Latest
शिवपुरीको रिसोर्टमा परिवारसँग पूर्वराजा ज्ञानेन्द्र शाहले यसरी मनाए जन्मदिन (फाेटाे फिचर) करका दरमा देखिएको प्राविधिक त्रुटी सच्याइएको हो, नियतमा खोट छैनः अर्थमन्त्री डा. वाग्ले बेलहिया नाकाको पार्किङ तथा ट्राफिक व्यवस्थापन गरिने हेटौँडा कपडा उद्योगका भौतिक पूर्वाधार तथा उपकरणको परीक्षण सुरु ठमेलमा बढे भारतीय पर्यटक काँग्रेस–एमाले पूर्वसहमतिअनुसार प्रदेश सरकार हेरफेरको तयारी विनियोजन विधेयक, २०८३ राष्ट्रिय सभाबाट पनि पारित आर्थिक सुधार, सुशासन र पूर्वाधार निर्माणमा सरकारको स्पष्ट मार्गचित्र छः अर्थमन्त्री डा. वाग्ले राहदानी वितरणमा नयाँ प्रणाली लागू हुँदैः आगामी सातादेखि नयाँ कम्पनीले पासपोर्ट छाप्ने भरतपुर अस्पताललाई ९२ करोड बढी भुक्तानी
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलाङचुङगोला र याङ्मामा प्रवेश निषेध



अ+ अ-

ताप्लेजुङ । जिल्लाका दुई हिमालीबस्ती ओलाङचुङगोला र याङ्मामा अन्यत्रबाट आवात जावज गर्न तथा  प्रवेशमा समेत पूर्ण  निषेध गरिएको छ । फक्ताङलुङ गाउँपालिका ७ मा पर्ने ती बस्तीमा यही जेठ ७ गतेदेखि १५ गतेसम्म प्रवेशमा रोक लगाइएको वडाध्यक्ष छेतेन शेर्पाले जानकारी दिनुभयो । 

उहाँले  कोरोना सङ्क्रमण दिनानुदिन वृद्धि भएका  अवस्थामा अहिलेसम्म सुरक्षित रहेका ती बस्तिमा मानिसको आवतजावत रोक्ने निर्णय भएको बताउनुभयो । निषेधको खबर गाउँबस्तिमा  गरिएको छ । स्थानीयवासीलाई बाहिरी मानिस नराख्न र स्वास्थ्यका मापदण्ड अपनाउन   गाउँपालिकाले आह्वान  गरेको छ  । 

ओलाङचुङगोला पुग्न सदरमुकाम फुङलिङबाट सवारी साधन र पैदल गरी दुई दिन लाग्छ भने याङ्मा  तीन दिन लाग्छ । ओलाङचुङगोलामा ५३ घरपरिवार रहेकाछन् भने याङ्मामा ११ परिवारको बसोबास  छ । धनाबस्ति भएकाले  एक जना मात्रै सङ्क्रमित भए पुरै बस्ती उच्च जोखिममा पर्ने भएकाले स्वास्थ्य सुरक्षालाई  ध्यान दिइएको बताइएको छ ।