३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

सहमतिपछि राष्ट्रिय परीक्षा बोर्डका कर्मचारीको आन्दोलन स्थगित



अ+ अ-

भक्तपुर । कर्मचारी र बोर्ड व्यवस्थापनबीचको आज भएको वार्तामा सहमति भएपछि राष्ट्रिय परीक्षा बोर्डका कर्मचारीको आन्दोलन स्थगित भएको छ ।

राष्ट्रिय परीक्षा बोर्ड कर्मचारी सङ्घ नेपाल केन्द्रीय समितिले पाँच बुँदे माग प्रस्तुत गर्दै बुधबारदेखि बोर्डमा सुरु गरेको आन्दोलन आजको वार्तामा सहमति बनेपछि स्थगित गरिएको सङ्घका अध्यक्ष नरेन्द्रप्रसाद ढकालले जानकारी दिनुभयो ।

गत साउन २५ गते बोर्डका सदस्य सचिव दुर्गा अर्याललाई पाँच बुँदे मागपत्र पेश गरेको र पटक–पटक माग पुरा गराउन माग गर्दा पनि बोर्डले बेवास्ता गरेको भन्दै सङ्घले बुधबारदेखि आन्दोलन सुरु गरेको थियो । 

बुधबार र आज बोर्डको काम ठप्प पारेका कर्मचारीसँग व्यवस्थापनले वार्ता गरेपछि पाँच बुँदे सहमति भएकाले थप आन्दोलनका कार्यक्रम पनि स्थगित गरिएको अध्यक्ष ढकालले जानकारी दिनुभयो । रासस