काठमाडौं । कोरोनाविरुद्धको कोभिसिल्डको दोस्रो डोज खोप लगाउन छुटेकाहरुलाई दिइने भएको छ । आइसीएस कमाण्डको बैठकले कोभिसिल्ड खोप कोभिड १९ को महामारीमा अग्रपंक्तिमा रहेर सेवा प्रदान गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सरसफाइकर्मी लगायत २३ फागुन भन्दा अघि पहिलो प्राथमिकतामा परी दोस्रो डोज खोल लिन छुट भएका व्यक्तिलाई लगाउने निर्णय गरेको हो।
यस्तै २३ फागुन अघि पहिलो प्राथमिकतामा परी खोप लगाएका तर दोस्रो मात्रा लिन छुट भएकाहरुले समेत खोप लगाउन सक्ने छन् । बैठकले भेरोसेलको दोस्रो मात्रा सञ्चालन गरिएका काठमाडौँ उपत्यकाका तीन सहित अरु चारवटा जिल्लामा समय तालिका नबाझिने गरी कार्यक्रम सञ्चालन गर्न भनेको छ।
अहिलेसम्म नेपालमा कोभिसिल्ड र भेरोसेल गरी पहिलो मात्रा खोप लिनेको संख्या २५ लाख पुगेको छ भने दोस्रो मात्रा लिनेको संख्या ७ लाख नाघेको छ।











