१३ असार २०८३, शनिबार
,
Latest
गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुआत अफगानिस्तानमा ६.१ म्याग्निच्युडको भूकम्प भेनेजुएला : भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार लेबनान, इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने भेनेजुएलाको भूकम्पमा ९२० जनाको मृत्यु, ५० हजार बेपत्ता युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित आगामी तीन दिन भारी वर्षाः कोशी र मधेसमा विशेष सतर्कता अपनाउन आग्रह प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख दुर्घटनामा मृत्यु निःशुल्क स्वास्थ्य शिविर, ३५५ जनाले लिए सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल पाकिस्तानबीच सीधा हवाई सेवा सञ्चालन गर्न चेम्बरको आग्रह



अ+ अ-

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले नेपाल पाकिस्तानबीच सीधा हवाई सेवा सञ्चालनको पहल गरिदिन नेपालका लागि पाकिस्तानी राजदूतलाई आग्रह गरेको छ ।

चेम्बरको टोलीले आज नेपालका लागि पाकिस्तानी राजदूत अबरार हुसेन हाशमीलाई दुई मुलुकबीचको व्यापार सहजीकरण एवं पर्यटकीय गतिविधी वृद्धि गर्नका लागि सीधा हवाई सम्पर्क सञ्चालनका लागि पहल गर्न आग्रह गरेको हो ।

जमलस्थित चेम्बर भवनमा आज भएको भेटमा चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले दुई मुलुकबीचको व्यापार वृद्धि, पर्यटन आदानप्रदान एवं अन्य आर्थिक, व्यापारिक गतिविधि विस्तारका लागि तत्काल हवाई सेवा सञ्चालनमा ल्याउनुपर्ने बताउनुभएको हो ।

हवाई सेवा सञ्चालन गर्न दुई मुलुकबीच सरकारी तबरबाटै पहल गर्न र नीजि क्षेत्रमा पनि सहकार्य गराउन अध्यक्ष मल्लले राजदूत हामीसँग आग्रह गर्नुभयो । “नेपाल र पाकिस्तानबीच हवाई दूरी जम्मा तीन घण्टाको छ, यसलाई सदुपयोग गर्न सकियो भने दुई मुलुकबीचको व्यापार वृद्धि र पर्यटन विस्तार गर्न सकिन्छ, सार्क सदस्य राष्ट्रको हैसियतले अन्य थुप्रै आर्थिक गतिविधी वढाएर दुवै मुलुकले लाभ प्राप्त गर्न सक्छन”, अध्यक्ष मल्लले भन्नुभयो ।

अध्यक्ष मल्लले निजी क्षेत्रबीचको सहकार्यमार्फत, हवाई सेवा सञ्चालन, साना तथा मझौला उद्योगमा संयुक्त लगानी बढाएर दुवै देशले लाभ लिन सक्ने प्रचुर सम्भावना रहेको बताउनुभयो । पाकिस्ताबाट नेपालले अहिले औषधि, प्रशोधित छालाजन्य पदार्थ, मेसिनरी वस्तु, जुत्ता, चप्पललगायतका वस्तु आयत गरेको छ भने मह, कफी, चिया, हस्तकलाका सामान, अलैँची, आँखाको लेन्स, उनी धागोलगायतका वस्तु निर्यात गर्दै आएको छ ।

काठमाडौँ कराँचीबीच सीधा हवाई सेवा सञ्चालन गर्न सकिए व्यापार सहजीकरण हुने र व्यापार घाटा पनि कम गर्न सकिने अध्यक्ष मल्लको भनाइ थियो । पाकिस्तानबाट वार्षिक औषत चार हजार हाराहारीमा पर्यटक नेपाल घुम्न आउने गरेका छन् ।

भेटमा नेपालका लागि पाकिस्तानी राजदूत हाशमीले पनि हवाई सेवा सञ्चालनका लागि सरकारी तवरबाटै पहल हुनुपर्ने बताउनुभयो । नेपाल र पाकिस्तानबीच दुवै मुलुकलाई फाइदा हुने गरी आर्थिक सम्भावनाका क्षेत्रको पहिचान गर्नुपर्ने उहाँको भनाइ थियो । दुई देशबीचका चेम्बर अफ कमर्सका पदाधिकारीबीच छलफल गराएर व्यापारिक गतिविधि विस्तारका लागि आफूले पहल गर्ने राजदूत हासमीले बताउनुभयो । रासस