४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय News Polar ‘आज कसैको हात छुटाउनु अघि सोचौँ, भोलि त्यही हातको आवश्यकता पर्न सक्छ’ News Polar ईडीएलभिआरएसबाट लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा ३ हजार ८१ वटा छापियो News Polar गोरखामा जीप दुर्घटना हुँदा ८ जना घाइते News Polar राजनीति विश्लेषक भरत दाहाल पक्राउ News Polar विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ News Polar ढोरपाटन पुगेर चन्द्र ढकालले भने-नेपाल सुरक्षित छ, घुम्न आउनुहोस् News Polar नाडाद्वारा नुवाकोटका बाढीपीडितलाई राहत सामग्री हस्तान्तरण News Polar अर्थमन्त्री वाग्लेसँग पूर्व भारतीय राजदूत अश्राफको भेट

नरबहादुरको निष्ठा र नेपाली कम्युनिष्ट आन्दोलनको प्रतिष्ठा

नरबहादुरको स्मृति दिवसका सन्दर्भमा

नरबहादुरको निष्ठा र नेपाली कम्युनिष्ट आन्दोलनको प्रतिष्ठा
अ+ अ-

आज साउन ९ गते, नेपाली कम्युनिष्ट आन्दोलनका मूर्धन्य व्यक्तित्व नरबहादुर कर्माचार्यको स्मृति दिवस । कर्माचार्यलाई नेपालका कम्युनिष्टले मात्र नभई आमजनताले एक अभिभावकको रुपमा उच्च सम्मान गर्दछन् । पुष्पलाल, मोहनविक्रम र निर्मल लामा जो नेपाली कम्युनिष्ट आन्दोलनका वैचारिक राजनीतिक गुरुको रुपमा परिचित छन्, एकपटक नेपाली कांग्रेसका कार्यकर्ता रहिसकेका छन् तर कर्माचार्यको राजनीतिक जीवन नेकाभन्दा फरक र जेठो सङ्गठनबाट सुरु भएको छ । उहाँ बामधारामा रहँदै कम्युनिष्ट पार्टीमा संस्थापक नेताको हैसियत प्राप्त गर्नुभएको थियो ।

नेपाल कम्युनिष्ट पार्टीको स्थापना २००९ सालको लेनिन जयन्तीको दिन भयो । पुष्पलालको नेतृत्वमा पार्टी गठनको घोषणा गर्न जुटेका चारजनामध्ये नरबहादुर कर्माचार्य, निरञ्जन गोविन्द वैद्य र नारायण विलास जोशी संलग्न हुनुहुन्थ्यो । पछि सेप्टेम्बर १५ मा घोषणापत्र सार्वजनिक गर्दा मोतीदेवी पनि सँगै हुनुहुन्थ्यो । मोतीदेवीलाई संस्थापकको सूचीमा राख्न स्थापना दिवस सेप्टेम्वरलाई मान्ने गरियो । संस्थापक टिममा रहेर पनि प्राविधिक कारणले संस्थापक बन्न नपाएका देवेन्द्रलाल श्रेष्ठ पनि हो । पाटनका तीन लालमध्येका एक लालका देवेन्द्रलाल नरबहादुर कर्माचार्यसँगै आजीवन क्रियाशील राजनीतिक जीवन बिताउनुभयो ।

मनमोहनलगायतको एउटा समूह नेकपामा सामेल भएदेखि क्रमशः संस्थापक किनारा लाग्ने स्थिति बन्यो र देवेन्द्रलाल पनि पछि पर्न थाल्नुभयो तर बडाहाकिम पद छोडेर कम्युनिष्टसँगै रहनुभयो निर्मल लामाको नाम जोडिँदा छुटाउनै नहुने एउटा नाम दिलबहादुर श्रेष्ठ पनि हो जो उपत्यकाको किसान आन्दोलनको अग्रणीमा पर्नुहुन्छ । सिद्धिलाल तुलसीलालसँग जोडिएर रहँदाअर्थात् तेस्रो महाधिवेशनको नेतृत्व अकर्मण्य रहँदा पनि भ्यालीको आन्दोलनमा आफ्ना स्पष्ट विचारसहित पूरै क्रियाशील रहँदै कामरेड नरबहादुर कर्माचार्य चौथो महाधिवेशनको पक्षमा उभिनु भयो । त्यति बेला कामरेड निरञ्जन गोविन्द वैद्य स्वध्याय, लेखन र प्रकाशनसँगै प्रगतिशील पुस्तक बेचेर सन्तुष्ट रहनुभयो । तर कर्माचार्य सक्रिय राजनीतिमा लागिरहनुभयो । एकता केन्द्र गठन हुँदा केन्द्रीय सल्लाहकार समितिको प्रमुख पदमा रहेका नरवहादुर कर्माचार्य दोस्रो पटक केन्द्रीय भूमिकामा देखिनुभयो । एकता केन्द्रको विभाजनपछि अन्तरिम पार्टी प्रमुखको भूमिकामा पुग्नुभएका कर्माचार्यले हासिल गरेको यो नै उहाँको जीवनको सर्वोच्च राजनीतिक पद थियो । तर पदमा रहनु र नरहनुले बहाँको राजनीतिक भूमिकामा कुनै फरक परेन उहाँ सधँै सक्रिय राजनीतिक भूमिकामा रहिरहनुभयो ।

उहाँ अत्यन्त सहयोगी स्वभावको ब्यक्ति हुनुहुन्थ्यो । म इसासको स्थापना भेलामा भाग लिन सायद जीवनको पहिलो पटक काठमाडौँ आउँदा मेरो सम्पर्क ब्यक्ति र आश्रयदाता र कार्यक्रमस्थलसम्म पु¥याउन उहाँले नै भूमिका खेल्नुभएको थियो । मेरो उहाँसँगको पहिलो भेट र परिचय त्यही नै थियो । संयोगले २०५४ देखि ५९ सम्म एउटै कमिटीमा रहने अवसर जु¥यो । संस्थापकसँग एउटै कमिटीमा रहनु मेरो जीवनको सार्थक समय हो भन्ने लाग्छ । एकताकेन्द्र बनेपछि पार्टीको नेतृत्वको हैसियतले भूमिगत केन्द्रीय कार्यालय स्थापना गर्न रहन बस्न र गोपनीयता कायम रहन कर्माचार्यको महत्वपूर्ण अभिभावकीय भूमिका रहेको छ । बिना भेदभाव पार्टी साथी र नेतृत्वलाई सहयोग गरने उहाँको कार्यशैली अनुकरणिय छ । साथै देखिएका कमीकमजोरीमा खुलस्त आलोचना गर्न सक्ने हैसियत पनि अनुकरणीय छ भन्ने लागेको छ ।

संस्थापक समितिको कार्य विभाजनमा मजदुरको जिम्मेवारी पाउनुभएका कर्माचार्य केही समय विराटनगरमा रहेर पार्टी काम अगाडि बढाउनुभयो भने निरञ्जन गोविन्द वैद्य भने वीरगञ्जलाई कर्मथलो बनाउँदै बारा पर्साका किसानलाई सङ्गठित गर्न लाग्नुभयो । कामको सिलसिलामा भारतीय कम्युनिष्ट पार्टीका सदस्य बनिसकेका मनमोहन पनि नेपालमा चलेको राणा विरोधी आन्दोलनमा सामेल हुन विराटनगर ९गृह जिल्ला० मा आएर मजदुरबीचमा काम गरिरहनुभएको थियो ।

विराटनगरका कारखाना मजदुरको २००७ को क्रान्तिमा महत्वपूर्ण भूमिका छ र त्यही समयमा छोटो अवधिमै नेकपाको विस्तार जुन ढङ्गले भयो कर्माचार्यलाई यसले स्थापित गरेको छ । आज ट्रेड युनियनको इतिहासबारे चर्चा गर्नेले यसलाई छुटाउनु हुँदैन भन्ने लाग्छ ।

त्यस्तै वीरगञ्ज क्षेत्रको मजदुर आन्दोलनमा स्थापनाकालीन भूमिकामा पनि उहाँलाई पाउन सकिन्छ । साथै, निरञ्जन गोविन्द वैद्यसँगको सहकार्यमा त्यस क्षेत्रमा कम्युनिष्ट पार्टी र आन्दोलनको उठानमा पनि उहाँको उल्लेख्य भूमिका छ । नेपाली कांग्रेसको नेतृत्वमा भइरहेको सशस्त्र क्रान्तिको समयमा पार्टी नीतिअनुसार भाग लिने नीति तथा भूमिगत पार्टी भूमिकाबीच तालमेल गर्दा बाह्यरुपमा कांग्रेसमय देखिएको भए पनि त्यतिबेला कम्युनिष्ट पार्टीको विस्तार अत्यधिक नै रह्यो र किसान सङ्घ मजदुर सङ्गठनमा बलियो कम्युनिष्ट प्रभाव रहेको पाइन्छ । यसको श्रेय संस्थापकको हैसियतले कार्यक्षेत्रमा खटेर काम गरेबापत कर्माचार्य र निरञ्जन गोविन्द वैद्यलाई जान्छ । राजनीतिकरुपमा २००७ को क्रान्ति दिल्ली सम्झौता र सन १९५० को असमान सन्धिको विरोध पार्टीको घोषित नीति रहनु र यसको विरुद्ध सशक्त आन्दोलन हुनुले स्वभाविक सीमा र कमजोरीका बाबजुद संस्थापक नेतृत्व टिम त्यसैले उहाँमा आवश्यक राजनीतिक स्पष्टता रहेको पाइन्छ ।

नेपाली कम्युनिष्ट पार्टीको स्थापनाकालमा अन्तर्राष्ट्रिय जगत्मा अतन्त प्रभाव र तरङ्ग पैदा गर्ने दुईवटा घटनालाई याद गर्नुपर्ने हुन्छ । सोभियत सङ्घको अगुवाइमा फासिष्ट तथा नाजीवाद विरुद्ध निर्णायक युद्धमा बिजय प्राप्त भयो । सर्वाधिक शक्तिशाली जर्मन साम्राज्यवादले स्तलिनको नेतृत्वको सोभियत सङ्घसँंग घुँडा टेक्यो । यसले दुनियाँभरमा राष्ट्रिय मुक्ति सङ्घर्षको बिगुल बज्न थाल्यो । सर्वशक्तिमान बृटिश साम्राज्यवादले हिन्द प्रशान्त क्षेत्रबाट हात धोयो । छिमेकी भारत स्वतन्त्र भयो । त्यतिबेला भारतको कम्युनिस्ट आन्दोलन सशक्त ढङ्गले स्थापित भइरहेको थियो । साथै, जापानी साम्राज्यवाद दोस्रो विश्वयुद्धको पराजयसँगै चीनबाट पनि पराजित भएर बाहिरियो । जापान विरोधी युद्धको क्रममा कामरेड माओको नेतृत्वमा सैनिक तथा राजनीतिक रुपमा अनुभव स्पष्टता र शक्ति आर्जन गरेको चिनियाँ कम्युनिष्ट पार्टीले गृहयुद्धमा पनि बरद कायम ग¥यो ।

अमेरिकी साम्राज्यवादको गोटी बनिसकेको च्याङ काइ सेक नेतृत्वको प्रतिक्रियावादी मोर्चा हार र प्रशान्त क्षेत्रबाट अमेरिकी वर्चश्वसमेत गुम्ने गरी अमेरिकी पराजयसँगै चिनियाँ कम्युनिष्ट पार्टी र माओको प्रभाव विश्वव्यापी रुपमा बढिरहेको थियो । नेपाल यी दुवै घटनाबाट प्रभावित हुँदै कम्युनिष्ट आन्दोलनको दिशामा बेगवान ढङ्गले विस्तार र विकसित भइरहेको थियो । नयाँ जनवादी क्रान्तिको नीति तय हुनुमा यिनै कारणले बढी भूमिका खेलेको र सशक्त किसान आन्यदोलनको विस्तार पनि भइरहेको थियो ।

यही समयमा नेपाली कम्युनिष्ट आन्दोलनमा प्रभाव पार्ने तीनवटा घटना देखापरे । पहिलो, कम्युनिष्ट पार्टीमाथि प्रतिवन्धको घोषणा गरियो, दोस्रो, डा के आइ सिंहको विद्रोह र तेस्रो भीमदत्त पन्तको नेतृत्वको किसान बिद्रोह दमन गर्न भारतीय सेनाको प्रवेश । यही पृष्ठभूमिमा कामरेड मनमोहनलगायतका नेताहरुको कम्युनिष्ट पार्टीमा प्रवेश भयो । त्यसपछिको पार्टी केन्द्रको शक्ति सन्तुलन र परिस्थितिको प्रतिकुलताको मूल्याङ्कनसहित भीमदत्त पन्तको नेतृत्वमा उठेको किसान आन्दोलनको जिम्मेवारी लिन पार्टीले इन्कार ग¥यो । उपत्यका तथा बारा पर्सा रौतहटको किसान आन्दोलनबाट हात झिक्यो र प्रतिबन्ध फुकुवाको लागि दरबारमा लिखित बिन्तीपत्र हाल्यो ।

यही क्रममा पार्टीको नेतृत्वको परिवर्तन गरिएको थियोे तथा उपरोक्त सबै काम मनमोहनको नेतृत्वमा भएका थिए । तर रेङ्क एण्ड फाइल यसमा सन्तुष्ट थिएन र कर्माचार्य रेङ्क एण्ड फाइलसँगै उभिनुभयो । क पुषपलालबाहेक सबै संस्थापक केन्द्रीय समितिमा पर्नुभएन । उहाँहरु मतभेदसहित पार्टीमा सकृय रहनुभयो । मनमोहन चीनमा उपचारको लागि जानुभयो र पार्टी नेतृत्व रायमाझीको हातमा आयो । त्यतिबेला भ्यालीमा निर्मल लामा र पश्चिममा मोहनविक्रम उदीयमान युवा नेतृत्वको रुपमा पार्टीको केन्द्रीय राजनीतिमा देखा परिरहेका थिए । कामरेड नरवहादुर निर्मल लामाको संरक्षकदेखि सहयोगीको भूमिकामा अन्तिमसम्म देखिनुभयो । चौथो महाधिवेशनको फुट र एकता केन्द्रको विभाजनमा उहाँ निर्मल लामासँगै रहनुभयो ।

कामरेड कर्माचार्य नीतिगत विमतिका बाबजुद पार्टीको औपचारिक नीति निर्णय र नेतृत्वको पक्षमा रहनुभयो । निर्मल लामाको अगुवाइमा चौथो महाधिवेशन २०३६ को जनआन्दोलनमा अग्रणी भूमिकामा देखा प¥यो र नेपालको सर्वाधिक लोकप्रिय र अग्रणी भूमिकासहित सङ्गठनात्मक विकास र विस्तार भयोे । यही समयमा पार्टीभित्र निर्मल लामालाई नेतृत्वबाट हटाउने काम हुन थाल्यो । नरबहादुर लामाको पक्षमा उभिनुभयो तर भक्तबहादुर श्रेष्ठ महामन्त्री भइसकेपछि बिना आग्रह नेतृत्वलाई सहयोग गर्नुभयो । त्यस्तै २०४६ को आन्दोलनपश्चात् पार्टी एकताको लागि पहलकदमी लिनुभयो र उहाँ मोहनविक्रमसहितको एकताको पक्षमा उभिनुभयो । एकता केन्द्र बनिसकेपछि उहाँले प्रचण्डलाई पार्टी नेतृत्वको रुपमा खुलेर सहयोग गर्नुभयो । वैचारिक मतभेद त थिए तर पार्टी विभाजन पूर्व नेतृत्वको सम्मान रक्षा र सहयोगमा कुनै कमी देखिएन । विभाजनपश्चात् पुर्नगठनको दायित्व निर्वाह गरेका कर्माचार्य अन्तिमसम्म एकताको पक्षमा उभिनुभयो । राष्ट्रिय भेलापश्चात् नारायणकाजीलाई सहज ढङ्गले नेतृत्व स्वीकार्नु भयोे । यसरी एउटा अनुशासित अविश्रान्त सदाबहार कम्युनिष्ट जीवन अन्तिमसम्म बिताउनुभयो ।

उहाँले कहिल्यै राजनीतिमा छलछाम गर्नुभएन र रुचाउनुभएन । नेतृत्वप्रतिको उहाँको असन्तुष्टि धेरैजसो यसै सवालमा रहनेगथ्र्यो । तर कतै कुनै प्रसङ्गमा छरपष्ट पोखिएको पाइएन । उहाँसँग महत्वाकांक्षा थिएन र यसलाई अरुमा पनि रुचाउनुभएन । यसलाई पुष्टि गर्ने धेरै घटनाहरु यादमा छन् । निरञ्जन गोविन्द वैद्यको पार्टी सदस्यता पुनर्जीवित गराउने काममा उहाँको महत्वपूर्ण भूमिका रह्यो । यसले पनि देखाउँछ कि उहाँ सबै कम्युनिष्ट एक ठाउँमा रहेको देख्न चाहनु हुन्थ्यो । हाल उहाँको नाममा प्रतिष्ठान गठन भएको छ । यस प्रतिष्ठानले उहाँको इतिहास र विचार पक्षको कुशल बाहक बनेर रहने विश्वास गरिएको छ । (लेखक अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी केन्द्र) का नेता नेता हुनुहुन्छ ।)