१८ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

फिफा बरियतामा नेपालको सुधार



अ+ अ-

काठमाडौँ । नेपालले फिफाको बरियतामा सुधार गरेको छ । फुटबलको सर्वोच्च निकाय फिफाद्वारा बिहीबार सार्वजनिक नयाँ बरियतामा नेपालले दुई स्थान सुधार गरेको हो ।

नयाँ बरियता अनुसार नेपाल १६७ औं स्थानमा रहेको छ । यसअघि नेपाल १६९ औं स्थानमा रहेको थियो ।

नेपाल दक्षिण एसियाली राष्ट्रको बरियताको तेस्रो स्थानमा रहेको छ । नेपाल भन्दा अघि भारत र माल्दिभ्स रहेका छन् । भारत १०४ औं स्थानमा रहेको छ भने माल्दिभ्स १५७ औं स्थानमा रहेको छ ।

यस्तै, बरियताको शीर्ष स्थानमा बेल्जियम यथावत छ भने ब्राजिल दोस्रो, तेस्रोमा फ्रान्स, चौथोमा अर्जेन्टिना र पाँचौ स्थानमा इंग्ल्यान्ड रहेका छन् । 

यसैगरी इटाली छैटौं, स्पेन सातौं, पोर्चुगल आठौं, डेनमार्क नवौं र नेदरल्यान्ड्स दशौं स्थानमा रहेका छन् ।