६ श्रावण २०८३, बुधबार
,
Latest
पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ग्रीन रन प्रतियोगिता, कल्याण कोषको घोषणा ‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता ‘आरसीओडी’को म्याद थप्न ऊर्जामन्त्री बोलाए बैठक सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै जलवायु जनचेतना जगाउन कांग्रेसको ‘ग्रीन रन’- फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन् मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

फिफा बरियतामा नेपालको सुधार



अ+ अ-

काठमाडौँ । नेपालले फिफाको बरियतामा सुधार गरेको छ । फुटबलको सर्वोच्च निकाय फिफाद्वारा बिहीबार सार्वजनिक नयाँ बरियतामा नेपालले दुई स्थान सुधार गरेको हो ।

नयाँ बरियता अनुसार नेपाल १६७ औं स्थानमा रहेको छ । यसअघि नेपाल १६९ औं स्थानमा रहेको थियो ।

नेपाल दक्षिण एसियाली राष्ट्रको बरियताको तेस्रो स्थानमा रहेको छ । नेपाल भन्दा अघि भारत र माल्दिभ्स रहेका छन् । भारत १०४ औं स्थानमा रहेको छ भने माल्दिभ्स १५७ औं स्थानमा रहेको छ ।

यस्तै, बरियताको शीर्ष स्थानमा बेल्जियम यथावत छ भने ब्राजिल दोस्रो, तेस्रोमा फ्रान्स, चौथोमा अर्जेन्टिना र पाँचौ स्थानमा इंग्ल्यान्ड रहेका छन् । 

यसैगरी इटाली छैटौं, स्पेन सातौं, पोर्चुगल आठौं, डेनमार्क नवौं र नेदरल्यान्ड्स दशौं स्थानमा रहेका छन् ।