• २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
  •   Unicode
Logo

१५औँ महाधिवेशनमा शेखर सभापति: धनराज गुरुङ



काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पार्टीको १५औँ महाधिवेशनमा डा शेखर कोइरालालाई सभापति बनाउने बताउनुभएको छ ।

मंगलबार आफ्नो समूहले गरेको कार्यक्रममा उहाँले अहिले नै सभापति बदल्न नसक्ने बताएर नपुग्ने कुरा नगर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले नै पार्टी सभापति बदल्नुपर्छ भन्ने चाहन्नँ । तर १५औँ महाधिवेशनमा पार्टी सभापति बदल्ने हो ।”

त्यो बेला शेखरलाई उम्मेदवार बनाउने मात्र नभई सभापतिमा स्थापित गर्ने उहाँको भनाइ थियो ।

कानुनमन्त्री समेत रहेका कांग्रेस उपसभापति गुरुङले नेताहरुको सम्पत्ति छानबिनका लागि आयोग बनाउनुपर्ने धारणा राख्नुभयो । एकपछि अर्को फाइल खोल्दै जानुपर्छ भनेर आफूले प्रधानमन्त्रीलाई समेत भनेको उहाँले बताउनुभयो ।