• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo

कांग्रेस पदाधिकारी बैठक बस्दै



फाईल फोटो

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । देउवाले निजि निवास धुम्बाराहीमा अपराह्न चार बजे बैठक बस्ने गरी बोलाएका हुन् ।

सभापति देउवाले केन्द्रीय समिति बैठकका निर्णयको तयारी गर्न पदाधिकारी बैठक बोलाएका उनको सचिवालयले जनाएको छ ।

गत साउन २ गतेदेखि काठमाडौंमा नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक जारी छ । विभिन्न निर्णय गर्दै भोलि बैठक समापन गर्ने तयारी छ ।

कांग्रेसले एक वर्षपछि बसेको केन्द्रीय समिति बैठकको निर्णयलाई चासोका साथ हेरिएको छ ।