काठमाडौं । जनता समाजबादी पार्टी संघीय परिषद्का अधयक्ष डा. बाबुराम भट्टराईले लौरो उभ्याएर भए पनि ७६ (५) को वैकल्पिक सरकार दिन आग्रह गर्नुभएको छ । सामाजिक संञ्जाल ट्विटर मार्फत भट्टराईले संसद,संविधान,लोकतन्त्रको रक्षा आजको अहं प्रश्न भएको भन्दै जे गरेर रक्षा हुन्छ त्यही गरौं भन्दै आफनो दृष्टिकोण सार्वजनिक गर्नुभएको छ । उहाँले लेख्नु भएको छ –
'संसद,संविधान,लोकतन्त्रको रक्षा आजको अहं प्रश्न हो ! जे गरेर रक्षा हुन्छ त्यही गरौं।सबैले आवस्यक त्यागरबलिदान गरौं।लौरो उभ्याएर भए पनि ७६ (५) को वैकल्पिक सरकार दिऊॅ ! आजै गरौं,अहिल्यै गरौं ! बिपीरपिएलदेखि हाम्रो पुस्तासम्मले लडेर ल्याएको संविधान र लोकतन्त्रको रक्षा नभए इतिहासले धिक्कार्नेछ !'











