४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन

‘नेकपाका संस्थापक कर्माचार्य भन्नुहुन्थ्यो, कम्युनिस्टले सिद्धान्त र व्यवहारलाई मिलाएर लैजानुपर्छ’

‘नेकपाका संस्थापक कर्माचार्य भन्नुहुन्थ्यो, कम्युनिस्टले सिद्धान्त र व्यवहारलाई मिलाएर लैजानुपर्छ’
अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको आज दशाँै स्मृति दिवस । विसं १९८१ कात्तिक १४ गते भाइटीकाको दिन ललितपुरको झपाटोलमा बुवा चन्द्रबहादुर र आमा श्रीकुमारीको कोखबाट जन्मनुभएका संस्थापक सदस्यको २०७० साल साउन ९ गते काठमाडाँैमा निधन भएको थियो ।

विसं २००६ मा भारतको कोलकातास्थित वडाबजारमा पुष्पलालको संयोजकत्वमा स्थापना भएको नेकपाको कर्माचार्य, निरन्जन गोविन्द वैद्य र नारायणविलास जोशी सदस्य हुनुहुन्थ्यो । उहाँ विसं २००५ देखि प्रजातन्त्र सङ्घमा संलग्न भएर राणाविरोधी र मजदुर आन्दोलनमा सक्रिय सहभागी हुनुभएको थियो । आन्दोलनका क्रममा थुप्रैपटक कर्माचार्य जेल र निर्वासनमा समेत जानुभएको थियो । तत्कालीन राष्ट्रिय कांग्रेसलाई मिलाउन उहाँले महत्वपूर्ण भूमिका खेल्नुभएको थियो ।

राष्ट्रिय कांग्रेसबाट देश र जनताको पक्षमा केही हुने नदेखेपछि उहाँ अर्को क्रान्तिकारी पार्टी निर्माणका क्रियाशील हुनुभएको थियो । कर्माचार्य चिनियाँ जनक्रान्ति र भारतको तेलङ्गाना किसान आन्दोलनबाट प्रभावित हुनुभएको थियो ।

पार्टी स्थापनापश्चात कर्माचार्य मजदुर सङ्गठनको संस्थापक अध्यक्ष हुनुभयो । उहाँ २०१६ सालको निर्वाचनमा तत्कालीन ललितपुर नगरपालिकाको प्रमुखमा निर्वाचित हुनुभएको थियो । विसं २०१९ मा सम्पन्न तेस्रो महाधिवेशनबाट उहाँ नेकपाको केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको थियो ।

पार्टी टुटफुट र विभाजनपश्चात विभिन्न क्रान्तिकारी व्यक्ति र समूहलाई एकीकृत बनाउन उहाँले निरन्तर पहल गरिरहनुभएको थियो । यही क्रममा कर्माचार्य २०३१ सालमा नेकपा चौमको केन्द्रीय सदस्य, २०४८ मा विभिन्न चार पार्टीको एकतापश्चात एकता केन्द्र निर्माण र केन्द्रीय सदस्य तथा जीवनको अन्तिम समयसम्म नेपाल कम्युनिष्ट पार्टीको संरक्षक र सक्रिय भूमिका निर्वाह गरिरहनुभएको थियो । उहाँ जीवनभर अविवाहित रहनुभयो ।

संस्थापक नेता कर्माचार्यलाई चरित्रवान, सामाजिक र लोकप्रिय व्यक्तित्व, विवादरहित, सादा जीवन र उच्च विचारका पर्यायका रूपमा लिइँदै आइएको छ । दशौँ स्मृति दिवसका अवसरमा आज नेकपा (माओवादी केन्द्र)को पार्टी मुख्यालय पेरिसडाँडामा श्रद्धाञ्जलि कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा माओवादी शीर्षनेताले कर्माचार्यको पार्टी र सिद्धान्तप्रतिको निष्ठा सबैले अनुशरण गर्नुपर्ने बताउनुभएको थियो ।

सो अवसरमा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले कर्माचार्यले कम्युनिष्ट पार्टीले सिद्धान्त र व्यवहारलाई सँगसँगै मिलाएर लैजानुपर्नेमा जोड दिँदै आउनुभएको बताउनुभयो । “उहाँ (कर्माचार्य) भन्नुहुन्थ्यो, कम्युनिष्ट आन्दोलन दुई ढङ्गले विभाजित हुन्छ, पहिलो सिद्धान्त पकड्ने नाममा जडसूत्र बन्ने र दोस्रो व्यवहारमा जानुपर्छ भनेर सिद्धान्त बिर्सने”, उहाँले भन्नुभयो, “व्यवहारिक बन्ने क्रममा सिद्धान्त बिर्सने र सिद्धान्तका नाममा जडसूत्र बन्नेलाई मिलाएर लैजानुपर्नेमा उहाँको जोड रहन्थ्यो ।”

आफू २०४८ सालमा सांसद हुँदा दिवगङ्त कर्माचार्यले देश र जनताको पक्षमा भूमिका खेल्न सजग गराएको स्मरण गर्दै उपाध्यक्ष महराले विभिन्न टुक्रामा विभाजित कम्युनिष्ट पार्टीको एकता कायम गर्ने पक्षमा कर्माचार्य रहेको बताउनुभयो । “पार्टी विचलित हुनुहुँदैन, एकता कायम गर्दै देश र जनताको पक्षमा काम गर्नुपर्छ भन्नुहुन्थ्यो”, उहाँले स्मरण गर्नुभयो ।

माओवादीका सचिव लीलामणि पोखरेलले कर्माचार्य सधैँ पार्टी एकताको हिमायती रहनुभएको बताउनुभयो । उहाँले भन्नुभयो, “कर्माचार्य जहिले पनि पार्टी विभाजनको विपक्षमा रहनुभयो, पार्टीको नीति निर्देशनलाई कडाइका साथ पालना गर्ने, विचारप्रति निष्ठावान् र सधैँ विचारमा अविचलित भइरहनुभयो ।” कार्यक्रममा माओवादी नेता कार्यकर्ताले संस्थापक सदस्य कर्माचार्यको तस्वीरमा माल्र्यापण गरेका थिए । रासस