२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान News Polar पार्टीभित्रको गुटबन्दी अन्त्य गरी जनजीविकाका मुद्दामा केन्द्रित हुन्छौँः उपसभापति भुसाल News Polar एमाले केन्द्रीय कमिटीका दश मनोनीत News Polar इतिहासको ब्याज खाएर होइन, कर्म बदलेर नयाँ इतिहास रच्छौँः काँग्रेस सभापति थापा News Polar एमाले स्थायी कमिटीद्वारा १० प्रतिशत मनोनयन टुङ्गो, सैद्धान्तिक तथा वैचारिक कार्यदिशाबारे चर्चा News Polar महँगीले जनता चाडपर्व मनाउन सक्ने अवस्थामा छैनन्ः एमाले सचिव बस्नेत News Polar एमालेभित्र विवादको चर्चा प्रायोजित, नेतृत्व तहमा कुनै मतभेद छैनः छविलाल विश्वकर्मा News Polar सरकारलाई काम गर्ने अवसर दिनुपर्छ : अध्यक्ष घिसिङ News Polar महासचिव पोखरेलसँग मनमुटावको हल्ला निराधारः एमाले अध्यक्ष ओली News Polar भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र News Polar अष्ट्रेलियाका बोसिस्टो काठमाण्डु गोर्खाजबाट एनपिएल खेल्दै

‘नेजल भ्याक्सिन’ नेपालमै बनाउन सकिने डा. सिंहको दाबी

‘नेजल भ्याक्सिन’ नेपालमै बनाउन सकिने डा. सिंहको दाबी
अ अ+ अ-

काठमाडौं । पूरै दक्षिण एशिया यतिबेला कोरोना महामारीको चपेटामा छ । भारतमा दैनिक ठूलो सङ्ख्यामा कोरोना सङ्क्रमित फेला पर्ने क्रम जारी छ । नेपालमा पनि कोरोनाको दोस्रो लहरपछि झण्डै एक लाख २० हजारको हाराहारीमा कोरोना सङ्क्रमित फेला परिसकेको छ  । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कूल चार लाख ८८ हजार ६४५ जना कोरोना पोजेटिभ देखिएका छन् । यो बिहीबारसम्मको तथ्याङ्क हो । 

यस्तै, तीन लाख ६६ हजार ९४६ जना निको भएका छन् । ज्यान गुमाउनेको सङ्ख्या ५ हजार ८४७ छ । कोरोनाको दोस्रो लहर अघिल्लोभन्दा निक्कै सङ्क्रामक रहेको जनस्वास्थ्यकर्मीहरुको भनाइ छ । सङ्क्रमणको चक्र तोड्न सरकारले निषेधाज्ञा लागू गरिरहेको छ । तर पनि सङ्क्रमितको सङ्ख्यामा कमी आउन सकेको छैन । सरकारले नेपालमा भेटिएको कोरोनाकोे पछिल्लो प्रजाति असाध्यै खतरनाक र सङ्क्रामक भएको जनाएको छ । 

सरकारले यसबीचमा कोरोनाको खोप ल्यायो । भारतबाट अनुदानमा दिएको १० लाख डोज र चीनबाट आएको आठ लाख खोप प्रयोग भइसक्यो । सरकारले भारतको सिरम इन्स्टिच्यूटबाट २० लाख डोज खोप किन्ने सम्झौता गरेकामा १० लाख डोज मात्रै आयो र बाँकी तत्काल नआउने भएको छ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिसँग खोप उपलब्ध गराइदिन आग्रह गर्दैआउनु भएको छ । बिहीबार मात्रै प्रधानमन्त्रीले बेलायती राजदूतलाई खोप उपलब्ध गराइदिन आग्रह गर्नुभएको थियो । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म कूल २१ लाख १३ हजार ८० जनाले कोरोनाको पहिलो मात्रा खोप लगाएका छन् भने चार लाख २६ हजार ५१० जनाले दोस्रो मात्रा खोप लगाएका छन् । नेपालले खोप आयात गरेको भारतको सिरम इन्स्टिच्यूटले आगामी पुस मसान्त अगाडि खोप दिन नसक्ने बताइसकेको छ । उसले नेपाललाई मात्रै नभई बङ्गलादेशलाई समेत त्यस्तै जानकारी गराएको छ । 

नेपाल सरकारले चीनबाट खोप ल्याउने तयारी गरिरहेको छ । खोप आइसकेपछि व्यवस्थित रुपले लगाइदिने प्रयोजनका लागि अनलाइनमार्फत् फाराम समेत भराउन थालिसकेको छ । नेपालमा सङ्क्रमितको सङ्ख्या र मृत्युदर बढ्दो छ । अस्पतालमा शय्या पाउन मुस्किल छ । अक्सिजनको अभाव पनि उस्तै छ । यस्तो विषम अवस्थामा पनि सहज उपलब्ध हुनसक्ने एउटा विकल्प रहेको डा. समर्थ सिंहको दावी छ । 

उहाँले सरकारले अनुमति दिएको खण्डमा नाकमा प्रयोग गरेर कोरोना नियन्त्रण गर्न सकिने खोप नेपालमै बनाउन सकिने राससलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो – “संसारका खोप उत्पादक विभिन्न कम्पनीहरुले नाकमा प्रयोग गर्न सकिने खोपको बारेमा गरेको शोध तथा अनुसन्धानलाई निक्कै अगाडि पु¥याइसकेका छन् । केही कम्पनीको खोप त परीक्षणको क्रम मै छ । सरकारले अनुमति दिए आगामी ६ महिनाभित्र नेपालमा पनि यस्तो खोप बनाउन सकिन्छ ।” 

डा. सिंहका अनुसार कोरोना भाइरसको लहर फैलिरहेको र एकाध वर्ष अझै यसका नयाँ नयाँ प्रजाति देखा पर्नसक्ने भएकाले नेपाल जस्ता कमजोर आर्थिक अवस्था भएका देशले ठूलो मूल्य तिरेर खोप खरिद गर्न पनि सक्दैनन् । त्यसकारण पनि कम लागतमा नाकमा प्रयोग गर्न मिल्ने खोप तयार पार्न जरुरी छ । त्यो काम गर्न सकिन्छ । कोरोना नाक र मुखबाट नै सर्ने भएकाले पनि त्यसलाई जहाँ सङ्क्रमण हुने हो, त्यहीँ नष्ट गर्ने उपाय उक्त खोपमा देखिन्छ । भारतको ड्रग कन्ट्रोलर जनरल अफ इण्डियाले खोप निर्माता कम्पनी भारत बायोटेकलाई नाकमा राख्ने खोप विकास गर्न स्वीकृति दिएको छ । 

यस्तै, हङकङ विश्वविद्यालय तथा बेइजिङस्थित वोन्ताई बायो फार्मेसीले पनि ‘नेजल स्प्रे’को क्षेत्रमा काम गरिरहेका छन् । ती विश्वविद्यालयले दोस्रो चरणको परीक्षण गरिरहेका छन् । यस्तै, फिनल्याण्डको युनिभर्सिटी अफ हेलसिन्की र युनिभर्सिटी अफ फिनल्याण्डले प्रि–क्लिनिकल परीक्षण गरिरहेका छन् । युनिभर्सिटी अफ भर्जिनियाले पनि प्रि–क्लिनिकल परीक्षण थालेको छ । 

इजरायल र न्युजील्याण्डले त स्यानोटाइज नाम दिइएको नेजल स्प्रेलाई आन्तरिक प्रयोगका लागि अनुमति दिइसकेको छ । यो सन्दर्भमा हाम्रोमा पनि नाकमा प्रयोग गरिने खोप तयार गर्न सकिने र पेटेन्ट राइट समेत पाइने डा समर्थ सिंह बताउनुहुन्छ । उहाँले कोरोना भाइरसको एन्टिजेन किन्न सकिने र नेजल स्प्रे मार्फत् खोप राखेर प्रयोग गर्न सकिने जानकारी दिनुभयो । 

यस्तो खोपले तीनदेखि चार हप्तासम्म काम गर्ने अनुसन्धानबाट फेला परेको उहाँको भनाइ छ । मुख वा नाकमा पुगेको भाइरसलाई त्यही रोक्न वा कम गर्न सकियो भने सङ्क्रमण हुने मात्रा कम हुने भएकाले पनि यो सरल र सहज विधि भएको उहाँको भनाइ छ । हाल काठमाडौंको बयोधा अस्पतालमा न्यूरोलोजीको एचओडी समेत रहनुभएका डा. सिंहले राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद्, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा समेत यसबारेको आफ्नो प्रस्ताव पेश गरिसक्नुभएको छ । “हालसम्म कुनै जानकारी त प्राप्त भएको छैन, आशा छ  हाम्रो प्रस्तावलाई सरकारले स्वीकार गर्छ । यो हामी जस्ता मुलुकका लागि ठूलो आशा र अपेक्षा समेत हो,” उहाँले भन्नुभयो । उहाँका अनुसार आइजिए न्यूट्रलाइज्ड हुने अवस्थाका कारण कोरोनाको भाइरस मानव शरीर भित्र छिर्न सक्दैन । यो बालबालिका तथा वृद्धवृद्धालाई समेत सहज रुपमा प्रयोग गर्न सकिन्छ । 

कुनै पनि प्रकारको निश्चित तापक्रम यसका लागि आवश्यक नपर्ने भएकाले पनि नेपाल जस्ता देशले पनि यसको विकास गर्न संभव भएको डा. सिंह बताउनुहुन्छ । उहाँका अनुसार एक दर्जनभन्दा बढी खोप उत्पादक कम्पनीले कोरोना विरुद्ध लड्ने यस प्रकारको खोप बनाइरहेका छन् । नेपालका नियामक निकायले आपत्कालीन अवस्थालाई ध्यानमा राखेर उक्त खोपका लागि अनुमति दिने विश्वास व्यक्त गर्दै डा. सिंह भन्नुहुन्छ – “अनुमति पाएको केही समयभित्रै हामी काम शुरु गर्न सक्छौ्रं । यसका लागि कुनै पनि जटिलता र समस्या पर्ने छैन ।” 

भारतीय सञ्चारमाध्यमहरुका अनुसार भारत बायोटेकले निर्माण गरिरहेको त्यस्तो खोप पहिलो चरणको परीक्षणमा छ । विवरणअनुसार १८ वर्षदेखि ६० वर्ष उमेर समूहका मानिसमा उक्त खोपको परीक्षण भइरहेको छ । भारतका विभिन्न अस्पतालमा अर्को चरणको परीक्षणको तयारी भइरहेको छ । त्यसमा एम्स पटना, एपोलो अस्पताल चेन्नई र सेन्ट थेरेसा अस्पताल हैदरावाद रहेका छन् । सन् २०२१ को नोभेम्बर ३० सम्ममा सबै परीक्षणको नतिजा आउने विश्वास लिइएको छ । परीक्षणमा सकारात्मक  परिणाम हात परे भारत बायोटेकले ठूलो परिमाणमा नेजल भ्याक्सिन उत्पादन गर्ने जनाइएको छ । 

विज्ञहरुका अनुसार नेजल कोभिड खोपमा कुनै पनि प्रकारको सिरिञ्जको समेत जरुरत पर्दैन । अल्प विकसित तथा विकासोन्मुख देशका लागि कम मूल्यमै बन्ने यस्तो खोप विश्वव्यापी रुपमै ओसारपसारका लागि समेत सहज हुनेछ । कम तथा न्यून आय भएका देशका लागि यस प्रकारको खोप एउटा वरदान नै सावित हुने शोधमा संलग्न लानकास्टर विश्वविद्यालयका प्राध्यापक तथा अनुसन्धानकर्ता डा. मुनिरको भनाइ छ । डा. समर्थ सिंह यसमा सहमति जनाउनुहन्छ र भन्नुहुन्छ – “महङ्गो मूल्य तिरेर खोप खरिद गर्न नसक्ने देशका लागि नेजल खोप नै उपयुक्त र सही छनोट हुन सक्छ ।” 

शोधमा सहभागी भर्जिनिया विश्वविद्यालयका डा. बिल पेट्रीका अनुसार यस प्रकारको खोपको खोजी गर्नु सजिलो र सरल छैन तर, परीक्षण सफलताउन्मुख छ । यो कम उमेरका बालबालिकामा समेत प्रयोग गर्न सकिन्छ । नाट्रिक अक्साइड नेजल स्प्रे जस्तै हङकङ विश्वविद्यालयले समेत यसमा खोज गरिरहेको छ । झण्डै सात हजार बिरामीमा यो खोपको परीक्षण भइरहेकै पनि छ । नेपालमा समेत कोरोनाको खोप उपलब्ध गराएको भारतकोे सिरम इन्स्टिच्यूटले समेत सोही प्रणालीमा आधारित खोपको पहिलो चरणको परीक्षण गरिरहेको छ । 

कोरोना भाइरस विशेष गरी नाक, मुख र आँखाबाट शरीरमा प्रवेश गर्दछ । चिकित्सकहरुका अनुसार यो भाइरस एकाध दिन मुख वा घाँटीमा नै रहन्छ । नाकमा प्रयोग गरिने यो खोपले नाक वा मुखमा थुप्रिएको भाइरसलाई त्यही नै मारिदिन्छ र फोक्सोमा प्रवेश गर्न दिँदैन । बेलायतको अक्सफोर्ड विश्वविद्यालय पनि यस प्रकारको खोजमा संलग्न छ । चीन सरकारले त गत नोभेम्बरमा नै त्यस्तो खोपको परीक्षण शुरु गरिसकेको र त्यसका लागि १०० जना स्वयंसेवक नै परिचालन गरिसकेको छ । हाल प्रचलनमा रहेका अधिकांश खोपमा कोरोना भाइरसकै मृत सेलको प्रयोग गरिएको छ । यो सबै उमेर समूहका मानिसमा प्रयोग गर्न नसकिने मात्र हैन एउटा निश्चित तापक्रममा राख्नुपर्ने वाध्यता पनि छ । तर, नाकमा प्रयोग गरिने खोपमा भने यी र यस्ता झण्झट हुँदैनन् । 

विश्व स्वास्थ्य सङ्गठनले समेत परीक्षणका लागि अनुमति दिइसकेको  र संसारका विभिन्न आठ कम्पनी तथा विश्वविद्यालयमा अनुसन्धान भइरहेको यस खोपको छिट्टै नतिजा आउने विश्वास लिइएको छ । डा. समर्थ सिंहका विचारमा नेपालका नियामक निकायले अनुमति दिए यूरोपमा परीक्षण भइरहेको यस्तो प्रविधिलाई नेपालमा ल्याएर तत्कालै काम गर्न सकिने विश्वास व्यक्त गर्नुहुन्छ । (रासस, रमेश लम्साल(