४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन

सरकारद्वारा देशभरका औषधि पसलहरुको अनुगमन शुरु

सरकारद्वारा देशभरका औषधि पसलहरुको अनुगमन शुरु
अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजदेखि देशभरका औषधि पसलहरुको अनुगमन शुरु गरेको छ ।

औषधि पसलहरु मापदण्ड विपरित चलेको गुनासो आएपछि स्वास्थ्य मन्त्रालयले अनुगमन गरेको हो । २० वटा समूह बनाएर स्वास्थ्य मन्त्रालयले काठमाडौं, भक्तपुर र ललितपुरका औषधि पसलहरुको अनुगमन गरेको छ । अनुगमनका क्रममा केही औषधि पसलहरु मापदण्ड विपरीत सञ्चालन भएको पाइएको छ । स्वास्थ्य मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत रविकान्त मिश्रले औषधि व्यवस्था विभागमा दर्ता नभएका औषधिहरु पनि औषधि पसलहरुले बिक्रीका लागि राखेको भेटिएको बताउनु भयो ।

मिश्रले भन्नुभयो, ‘केहि फार्मेसीहरुको दर्ता प्रमाणपत्र नविकरण नभएको पाइएको छ । विभागमा दर्ता नभएका औषधिहरु पनि फार्मेसीमा राखिएको देखियो । त्यसता औषधिहरु स्याम्पलसहित फिर्ता लिएका छौं । जसको नाममा औषधि पसल दर्ता भएको छ, उहाँ फर्मासिस्टहरु अनुपस्थित रहेको पाइयो । केही औषधि पसलमा कष्मेटिक औषधि पनि बिक्री वितरणका लागि राखेको पाइयो । त्यो हटाउन लगाएका छौं । केही औषधि पसलमा औषधि पसल सञ्चालक र फर्मासिस्ट नै नभएको पनि देखियो । उहाँहरुलाई समय दिएर औषधि व्यवस्था विभागमा उपस्थित हुन भनेका छौं ।’

अनुगमनका क्रममा स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले औषधि क्षेत्रमा विकृति आएको गुनासो प्राप्त भएपछि अनुगमन गरेको बताउनु भयो । फार्मासिस्ट भन्दा फार्मेसीहरु झन्डै तेब्बर रुपमा सञ्चालन भएका कारणपनि औषधि क्षेत्रमा समस्या रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘देशभरका फामेर्सीहरुको अनुगमन गर्ने कार्यक्रम राखेका छौं । त्यसै अनुरुप काठमाडौं उपत्यकाका फार्मेसीहरुको अनुगमन गर्न लागेका हौं । एउटा टोलीले तीनदेखि पाँच वटा फार्मेसीको अनुगमन गर्नेछ । फार्मासिस्ट भन्दा फार्मेसीहरु झन्डै तेब्बर रुपमा सञ्चालन भएका छन् । कतिपय फार्मेसीहरु स्वीकृत बिना सञ्चालन भइरहेको भन्ने गुनासो आएको छ । फार्मेसीमा परिवारका सदस्यहरुलाई राख्ने गरेको समेत गुनासो प्राप्त भएको छ ।’ ‘औषधि बिक्री वितरतणमा अराजक स्थिति सृजना भयो । हाइडोजका औषधिहरु जाने भए । लागुुऔषध औषधिहरु पनि गलत तरिकाले वितरण हुन थाल्यो, एन्टीबायोटिक औषधिहरु चिकित्सकहरुको प्रेष्कृप्सन बिना बिक्री हुन थाल्यो भन्ने गुनासो प्राप्त भएपछि यी गुनासा नियन्त्रण गर्नका लागि निरीक्षणको काम शुरु गर्न खोजेका हौं ।’

मन्त्री बस्नेतले फार्मेसी नभएर लाइसेन्स प्राप्त फर्मासिस्टको प्रमाणपत्र झुन्डाइएको अवस्था देखिएको बताउनु भयो ।