२७ मंसिर २०८२, शनिबार
,
Latest
एनपीएल: उपाधि जित्न लुम्बिनीलाई ८६ रनको लक्ष्य मरिसकेको संविधानलाई जबर्जस्ती ब्युँताउन खोज्नु देशलाई थप दुर्घटनामा लैजानु हो: अध्यक्ष लिङदेन विघटित प्रतिनिधिसभाको पुन:स्थापना, संवैधानिक सरकार गठन र त्यसपछि ताजा जनादेश एनपिएल उपाधि भिडन्त: सुदूरपश्चिमविरुद्ध कप्तान पौडेलको ह्याट्रिक एमालेलाई देव गुरुङको प्रश्तावः देश संकटमुक्त गराउन मिलेर अघि बढौं एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित एनपिएल उपाधि भिडन्त: पावरप्लेमा सुदूरपश्चिमले तीन विकेट गुमायो जेन—जी आन्दोलनले मुलुकलाई गम्भीर समस्यामा धकेल्योः पूर्णबहादुर खड्का युवापुस्तालाई राज्यको मूल प्रवाहमा जोड्नुपर्ने नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवः छोङछिङ महानगरमा विविध सांस्कृतिक कार्यक्रम
तपाईं के खोज्दै हुनुहुन्छ ?

भन्सारमा चोरी पैठारी बढ्दा राजस्व घट्यो: अर्थमन्त्री महत



अ+ अ-

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले भैरहवा भन्सार कर्मचारीलाई कर्तव्यनिष्ठ र समर्पित भएर काम गर्न निर्देशन दिएका छन् ।

सोमबार भैरहवा भन्सार कार्यालयको निरीक्षण गर्दै अर्थमन्त्रीले भन्सारमा चोरी पैठारी बढ्दा राजस्व कम उठेको भन्दै त्यसलाई गम्भिरताका साथ लिन निर्देशन दिएका हुन् ।

अर्थमन्त्री महतले आन्तरिक आर्थिक गतिविधिमा कमी भएपछि राजस्व कम उठेको र नाका तथा नाकाबाहिरबाट चोरी पैठारी हुँदा पनि राजस्व घटेको बताए । ‘गत वर्ष सामान कम आयात भएर राजस्व कम उठ्यो । चोरी पैठारी बढ्यो । सामान समानन्तर किसिमबाट प्रवेश गरेको छ भन्ने कुरा आएको छ,’ उनले भने, ‘सुरक्षा निकायको समन्वयमा यो प्रवृत्ति अन्त्य गर्नुपर्छ । केन्द्रमा पनि गृह र अर्थ मन्त्रालयको समन्वय हुन्छ, जिल्ला तहमा पनि त्यो समन्वय हुनुपर्छ ।’

अर्थमन्त्री महतले प्राप्त जिम्मेवारीबाट पन्छिने छुट कसैलाई नभएको बताए । सरकारले दुरुपयोग या गैरकानुनी तरिकाबाट नाका र नाकाबाहिरबाट हुने प्रवेशलाई गम्भिरताका साथ लिएको उनले बताए ।

‘सामान समानान्तर किसिमबाट प्रवेश गरेको छ भन्ने कुरा आएको छ । सुरक्षा निकायको समन्वयमा यो प्रवृत्ति अन्त्य गर्नुपर्छ । केन्द्रमा पनि गृह र अर्थ मन्त्रालयको समन्वय हुन्छ, जिल्ला तहमा पनि त्यो समन्वय हुनुपर्छ ।’, उनले भने ।