६ पुष २०८२, आईतवार
,
Latest
लुम्बिनी लायन्सको ट्रफी उत्सव र्‍याली घोराहीमा टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा कांग्रेसले आगामी संसदीय निर्वाचनमा भाग लिन तयारी सुरु गरेकोछः नेता डा कोइराला सञ्चारमन्त्री खरेलका तीन महिनामा महत्वपूर्ण काम आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेतालाई रवीन्द्र मिश्रका एक दर्जन प्रश्न



फाईल फोटो
अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले आगामी ३० वर्षपछि नेपालको अवस्थाबारे राजनीतिकर्मीहरुलाई एक दर्जन प्रश्न सोध्नुभएको छ ।

उहाँले देशको दीर्घकालीन हितका लागि राजनीति गर्ने हो भने राजनीतिकर्मीहरुले यी प्रश्नबारे मनन गर्नै पर्छ भन्दै ट्विट गर्नुभएको छ ।

हुन त काठमाडौँजस्तो धर्म, संस्कृति, सभ्यता र सौन्दर्य बोकेको उपत्यकामा ५ वर्षपछि ट्राफिकको अवस्था कस्तो होला भनेर नसोच्ने राजनीति भएको देशमा राजनीतिकर्मीलाई सोधिएको प्रश्नको कुनै अर्थ नलाग्ने उहाँको भनाइ छ ।

“तर पनि लाग्ने कुरा के हो भने, ३० वर्षपछिको नेपाल नसोच्ने हो भने बिग्रिएको देशलाई थप बिगार्न किन राजनीति गर्नु ? भन्नुहोला, चुनाव हार्नेले ठूला कुरा गर्ने ? तर यति बुझिदिनोस् कि अपवादलाई छोडेर चुनाव जित्नेले बिगारेको देश हो यो।”

उहाँले सोध्नुभएका एक दर्जन प्रश्न यस्ता छन्–

१. ३० वर्षपछि नेपाल कुन स्तरको विश्व भूराजनीतिक भूमरीमा पर्ला ?

२. ३० वर्षपछि नेपालभित्रको धार्मिकरजातीय माहोल कस्तो होला ?

३.३० वर्षपछि नेपालका प्रमुख संस्थाहरूको इमान र दक्षता कस्तो होला ?

४. ३० वर्षपछि नेपालको सार्वजनिक शिक्षा र स्वास्थ्यको स्तर कस्तो होला ?

५. ३० वर्षपछि नेपालको सामाजिक सुरक्षाको अवस्था कस्तो होला ?

६. ३० वर्षपछि नेपालको पूर्वाधार र आर्थिक विकासको स्तर कस्तो होला ?

७. ३० वर्षपछि शहरी विकास र भूउपयोगको रूप कस्तो होला ?

८. ३० वर्षपछि वैदेशिक रोजगारीमा जाने युवाको संख्या कति होला ?

९. ३० वर्षपछि दक्ष जनशक्ति पलायनको अवस्था कस्तो होला ?

१०. ३० वर्षपछि जलवायु परिवर्तनको नेपालमा कस्तो असर पर्ला ?

११. ३० वर्षपछि स्व–इच्छाले नेपालमा बस्न चाहनेको संख्या कति होला ?

१२. ३० वर्षपछिको नेपाल हरेक दृष्टिकोणबाट कस्तो देश होला ?