काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दलहरुलाई आज बेलुका ५ बजेसम्म बैकल्पिक सरकार निर्माण गरेर देखाउन चुनौति दिनुभएको छ ।
शुक्रबार पत्रकार सम्मेलनमा बोल्दै ओलीले दलहरुलाई राष्ट्रपतिले दिनुभएको समयसीमाभित्र (आज बेलुका ५ बजेसम्म) बैकल्पिक सरकार निर्माण गरेर देखाउन चुनौति दिनुभएको हो ।
उहाँले भन्नुभयो, "अविश्वासको प्रस्ताब राख्नसक्ने अवस्थामा विपक्षी दल छैनन्, विश्वासको मत मैले प्राप्त गर्नसक्ने अवस्था भएन । विश्वासको मत नदिएर सरकार ढाल्नलाई ह्वीप उलंघन गर्ने अलोकतान्त्रिक हर्कतहरु संसद्भित्र पसाइए । मैले मार्गप्रसस्त गरिदिएको छु । २४ घण्टामा दलहरु मिलेर जाँदा भइहाल्छ । दिनभरी समय छ, बैकल्पिक सरकार बनाए भो ।"











