१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बाढीले मध्यकालीगण्डकीसहितका जलविद्युत् आयोजनामा ठूलो क्षति News Polar जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछः राष्ट्रपति पौडेल News Polar कांग्रेस १५औँ महाधिवेशनः प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो News Polar बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित News Polar दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत News Polar ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ News Polar कृषि औद्योगिक क्षेत्रका समस्या समाधान गर्न मन्त्रालय र उद्योगीबीच छलफल News Polar कालीगण्डकी कोरिडोरः बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव News Polar हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह News Polar कामपाले अब हुलाकमार्फत चिठ्ठी आदानप्रदान गर्ने News Polar हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा News Polar सहकारीका ऋणीलाई ११ करोड असुली News Polar मानवीय संकटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसंघको १६ करोड डलर सहयोग News Polar पाकिस्तानको निर्यातमा तीव्र वृद्धि, सेप्टेम्बरमा पुग्यो दुई अर्ब ९४ करोड डलर News Polar सुदूरपश्चिम हुँदै यस वर्षको मनसुन बाहिरिने News Polar ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन News Polar जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना News Polar कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ News Polar अमेरिका–बेलायतका दुई घटनामा इरानमाथि आशंका,अनुसन्धान जारी News Polar जी–७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति

गठबन्धन रहे या नरहेपनि एमसीसी पास गर्नुपर्ने कांग्रेसको निष्कर्ष

गठबन्धन रहे या नरहेपनि एमसीसी पास गर्नुपर्ने कांग्रेसको निष्कर्ष
अ अ+ अ-

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले एमसीसी संसदमा पेश भए बहुमतका साथ पारित हुने दाबी गर्नुभएको छ । 

बिहीवार पार्टी कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको पहिलो बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीका क्रममा प्रवक्ता महतले यस्तो बताउनु भएको हो । उहाँले बैठकमा स्थानीय निर्वाचनको बारेमा छलफल भएको पनि बताउनु भयो । 

प्रवक्ता महतले बैठकमा वक्ताहरुले बोल्ने क्रम नसकिएकोले भोलि पनि छलफल चल्ने बताउँदै आजको बैठकमा स्थानीय निकायको निर्वाचन, भातृसंगठनहरुको समयसीमा र एमसीसीको विषयमा चर्चा गरिएको बताउनु भयो । बैठकमा वक्ताहरुले एमसीसीलाई कसरी चाँडै निस्कर्षमा पु¥याएर टुंग्याउने कुरामा बिस्तृत छलफल भएको बताउनु भयो । उहाँले एमसीसी संसदमा लैजान नहुने कुनै कारण नरहेको भन्दै चाँडै यस विषयको निस्कर्षमा पुग्ने बताउनु भयो ।

प्रवक्ता महतले भन्नुभयो, ‘ एमसीसी संसदबाट नै टुंग्याउन उपयुक्त हुन्छ, संसदमा एमसीसीको विषयले प्रवेश नपाउने कुनै कारण छैन, सदनमा प्रवेश पाएपछि ठूलो बहुमतकासाथ पारित हुन्छ । स्थानीय निकायको निर्वाचन वैशाख ३० गते जुन हुँदैछ, त्यो निर्वाचनमा नेपाली काँग्रेसले पार्टीलाई सशक्त ढंगबाट आफूलाई प्रश्तुत गर्ने, जनताको बीचमा अझ सशक्त ढंगले कसरी जोडिने ? र सफलता कसरी हाँसिल गर्ने ?त्यो एउटा छलफलको विषय छ । 

दोस्रो भातृसंगठनहरुको समयसीमा सकिएको, कतिपय त्यहाँका नेताहरु केन्द्रिय समितिमा निर्वाचित भएको, त्यसपछि पद स्वतः रिक्त हुने भएकोले त्यसलाई ध्यानमा राखेर भातृ संगठनलाई कसरी सुदृढ गर्ने र बिस्तार गर्ने र समयसीमालाई पनि कसरी तोक्ने भन्ने विषय पनि आजको छलफलको विषय छ । त्यस्तै एमसीसीको बारेमा पनि बहस भइरहेको छ, नेपाली काँग्रेस पार्टीले कसरी अघि बढ्ने, यद्यपी पार्टी सरकारमा हुँदा विभिन्न सरकारको सहभागीतामा त्यो प्रक्रिया अघि बढेको हो । त्यसमा माओवादीको समेत संलग्नता थियो । 

उहाँहरुकोसमेत संलग्नतामा एमसीसी अनुमोदन भएको हो । नेपाल सरकारले सन् २०१२ मा नै त्यो प्रक्रिया अघि बढाएको हो । त्यो अन्योललाई पनि चाँडै समाप्त पार्नुपर्छ भनेर र त्यो प्रक्रियालाई संसदमार्फत अघि बढाउनु पर्छ भन्ने कुरामा पनि पार्टीमा कुनै द्विमत छैन । साथीहरुले यो प्रक्रिया अघि बढाउने र अरु दलहरुको सहमतिमा लाग्ने कुराहरु नै गर्नुभएको छ । सँगै भ्रात्रु सुवेक्षुक संगठनको विषयमा । स्थानीय निर्वाचनको विषयमा हामीले छलफल जारी राखेका छाँै । आज बोल्ने क्रम नसकिएकोले भोलि सायद फस्र्ट आवरमा नै बैठक गरेर टुंग्याउने योजना छ ।’

प्रवक्ता महतले विधानको व्यवस्थाअनुसार पार्टीले भातृ संगठनहरुको बारेमा निर्णय गरेर अघि बढ्ने पनि बताउनु भयो ।