२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar एनपिएलको तयारी अन्तिम चरणमा News Polar नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय

गठबन्धन रहे या नरहेपनि एमसीसी पास गर्नुपर्ने कांग्रेसको निष्कर्ष

गठबन्धन रहे या नरहेपनि एमसीसी पास गर्नुपर्ने कांग्रेसको निष्कर्ष
अ अ+ अ-

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले एमसीसी संसदमा पेश भए बहुमतका साथ पारित हुने दाबी गर्नुभएको छ । 

बिहीवार पार्टी कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको पहिलो बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीका क्रममा प्रवक्ता महतले यस्तो बताउनु भएको हो । उहाँले बैठकमा स्थानीय निर्वाचनको बारेमा छलफल भएको पनि बताउनु भयो । 

प्रवक्ता महतले बैठकमा वक्ताहरुले बोल्ने क्रम नसकिएकोले भोलि पनि छलफल चल्ने बताउँदै आजको बैठकमा स्थानीय निकायको निर्वाचन, भातृसंगठनहरुको समयसीमा र एमसीसीको विषयमा चर्चा गरिएको बताउनु भयो । बैठकमा वक्ताहरुले एमसीसीलाई कसरी चाँडै निस्कर्षमा पु¥याएर टुंग्याउने कुरामा बिस्तृत छलफल भएको बताउनु भयो । उहाँले एमसीसी संसदमा लैजान नहुने कुनै कारण नरहेको भन्दै चाँडै यस विषयको निस्कर्षमा पुग्ने बताउनु भयो ।

प्रवक्ता महतले भन्नुभयो, ‘ एमसीसी संसदबाट नै टुंग्याउन उपयुक्त हुन्छ, संसदमा एमसीसीको विषयले प्रवेश नपाउने कुनै कारण छैन, सदनमा प्रवेश पाएपछि ठूलो बहुमतकासाथ पारित हुन्छ । स्थानीय निकायको निर्वाचन वैशाख ३० गते जुन हुँदैछ, त्यो निर्वाचनमा नेपाली काँग्रेसले पार्टीलाई सशक्त ढंगबाट आफूलाई प्रश्तुत गर्ने, जनताको बीचमा अझ सशक्त ढंगले कसरी जोडिने ? र सफलता कसरी हाँसिल गर्ने ?त्यो एउटा छलफलको विषय छ । 

दोस्रो भातृसंगठनहरुको समयसीमा सकिएको, कतिपय त्यहाँका नेताहरु केन्द्रिय समितिमा निर्वाचित भएको, त्यसपछि पद स्वतः रिक्त हुने भएकोले त्यसलाई ध्यानमा राखेर भातृ संगठनलाई कसरी सुदृढ गर्ने र बिस्तार गर्ने र समयसीमालाई पनि कसरी तोक्ने भन्ने विषय पनि आजको छलफलको विषय छ । त्यस्तै एमसीसीको बारेमा पनि बहस भइरहेको छ, नेपाली काँग्रेस पार्टीले कसरी अघि बढ्ने, यद्यपी पार्टी सरकारमा हुँदा विभिन्न सरकारको सहभागीतामा त्यो प्रक्रिया अघि बढेको हो । त्यसमा माओवादीको समेत संलग्नता थियो । 

उहाँहरुकोसमेत संलग्नतामा एमसीसी अनुमोदन भएको हो । नेपाल सरकारले सन् २०१२ मा नै त्यो प्रक्रिया अघि बढाएको हो । त्यो अन्योललाई पनि चाँडै समाप्त पार्नुपर्छ भनेर र त्यो प्रक्रियालाई संसदमार्फत अघि बढाउनु पर्छ भन्ने कुरामा पनि पार्टीमा कुनै द्विमत छैन । साथीहरुले यो प्रक्रिया अघि बढाउने र अरु दलहरुको सहमतिमा लाग्ने कुराहरु नै गर्नुभएको छ । सँगै भ्रात्रु सुवेक्षुक संगठनको विषयमा । स्थानीय निर्वाचनको विषयमा हामीले छलफल जारी राखेका छाँै । आज बोल्ने क्रम नसकिएकोले भोलि सायद फस्र्ट आवरमा नै बैठक गरेर टुंग्याउने योजना छ ।’

प्रवक्ता महतले विधानको व्यवस्थाअनुसार पार्टीले भातृ संगठनहरुको बारेमा निर्णय गरेर अघि बढ्ने पनि बताउनु भयो ।