• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo

फिल्म ‘तेल भिसा’को घोषणा, शीर्ष भूमिकामा विपिन कार्की रहने



काठमाडौं । फिल्म ‘तेल भिसा’ निर्माण हुने भएको छ । शंकर घिमिरेको निर्माण तथा निर्देशनमा बन्न लागेको फिल्ममा अभिनेता विपिन कार्की अनुबन्धित भएका छन् ।

विपिन कार्कीलाई शीर्ष भूमिकामा लिएर निर्माण हुन लागेको यस चलचित्र तिहारपछि नेपाल र अमेरिकामा छायांकन हुने बताइएको छ ।

फिल्ममा विपिन दोहोरो भूमिकामा देखिनेछन् । यस फिल्मका लागि विपिनले अहिलेसम्मकै महंगो पारिश्रमिक लिएको चर्चा पनि चलेको छ । अन्य कलाकार पनि चाँडै फाइनल गरिने निर्माण पक्षले जनाएको छ ।

घिमिरेले ब्रेकफेल, वीरताको चिनो, विष, तुलसी फिल्मको निर्देशन गरिसकेका छन् । लामो समयदेखि अमेरिकामा बस्दै आएका उनी अभिनेत्री ऋचा घिमिरेका श्रीमानसमेत हुन् ।