२३ भाद्र २०८३, मंगलवार
,
Latest
जनतासँग सम्बन्ध टाढिँदा एमाले कमजोर भयो : प्रदीप ज्ञवाली ‘जेनजी’ आन्दोलनको एक वर्षः पूर्वाधार क्षेत्रमा कानुनी सुधारदेखि सुरुङमार्गसम्म जेन-जी स्मृति दिवस -तस्बिरहरु कांग्रेसको १५औँ महाधिवेशनका लागि राष्ट्रिय सभा गृहका हल र परिसर माग रसुवामा बाढीपहिरोबाट मृत्यु हुनेको संख्या १ हजार ३५७ पुग्यो रास्वपा सभापति लामिछानेले भने : ‘जेनजी आन्दोलनको मर्मबाट एक इन्च पनि विचलित हुने छैनौँ’ देवीघाटदेखि सिंचाईसम्म तत्काल अस्थायी पुल बनाउन स्थानीयको माग ‘सामाजिक सञ्जालमा अफवाह फैलाउनेविरुद्ध तीव्र निगरानीसहित कडा कारबाही’ क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा जेनजी आन्दोलनको वर्षदिनमा २४ अगुवाको प्रश्न : छानबिन प्रतिवेदन किन लुकाइयो?
तपाईं के खोज्दै हुनुहुन्छ ?

फिल्म ‘तेल भिसा’को घोषणा, शीर्ष भूमिकामा विपिन कार्की रहने



अ+ अ-

काठमाडौं । फिल्म ‘तेल भिसा’ निर्माण हुने भएको छ । शंकर घिमिरेको निर्माण तथा निर्देशनमा बन्न लागेको फिल्ममा अभिनेता विपिन कार्की अनुबन्धित भएका छन् ।

विपिन कार्कीलाई शीर्ष भूमिकामा लिएर निर्माण हुन लागेको यस चलचित्र तिहारपछि नेपाल र अमेरिकामा छायांकन हुने बताइएको छ ।

फिल्ममा विपिन दोहोरो भूमिकामा देखिनेछन् । यस फिल्मका लागि विपिनले अहिलेसम्मकै महंगो पारिश्रमिक लिएको चर्चा पनि चलेको छ । अन्य कलाकार पनि चाँडै फाइनल गरिने निर्माण पक्षले जनाएको छ ।

घिमिरेले ब्रेकफेल, वीरताको चिनो, विष, तुलसी फिल्मको निर्देशन गरिसकेका छन् । लामो समयदेखि अमेरिकामा बस्दै आएका उनी अभिनेत्री ऋचा घिमिरेका श्रीमानसमेत हुन् ।