काठमाडौं । विपक्षी दलहरु संविधानको धारा ७६ (५) अनुसारको सरकार गठनका लागि दावी पेश गर्न राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका छन् ।
विपक्षी दलहरुबाट प्रधानमन्त्रीका लागि प्रस्तावित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पनि शीतल निवास पुगेका हुन् । उनीहरु १४९ सांसदको हस्ताक्षर दाबी गर्दै शीतलनिवास गएका हुन् ।
देउवालाई प्रधानमन्त्री बनाउन नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेका नेता माधवकुमार नेपाल पक्ष र जनता समाजवादी पार्टीको बाबुराम भट्टराई उपेन्द्र यादव पक्षका सांसदको समर्थन रहेको छ ।











