• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo

स्वीडेनद्वारा दक्षिण अफ्रिका पराजित



एजेन्सी । फिफा महिला विश्वकप अन्तर्गत स्वीडेनले विजयी सुरुवात गरेको छ । आइतबार न्यूजिल्याण्डको वेलिङ्टन स्टेडियममा सम्पन्न समूह चरणको खेलमा स्वीडेनले दक्षिण अफ्रिकालाई २–० गोलले पराजित गरेको हो ।

स्वीडेनलाई जित दिलाउन खेलको ६५ औं मिनेटमा फ्रिडोलिना रोल्फोले तथा ९० औं मिनेटमा अमान्डा इलेस्टेड्टले गोल गरे ।

जितसँगै समूह जी मा रहेको स्वीडेनले महत्वपूर्ण ३ अंक जोडेको छ । यता, दक्षिण अफ्रिकाले भने हारबाट विश्वकपको सुरुवात गरेको छ ।