२३ असार २०८३, मंगलवार
,
Latest
दैलेख दुर्घटना : कर्णालीमा बेपत्ता एक जनाको शव कैलाली भेटियो घरेलु तथा साना उद्योग महासङ्घको अध्यक्षमा गुरुङ सूचनाको हक मन्त्रालयको उच्च प्राथमिकतामा : सञ्चारमन्त्री डा तिमिल्सिना संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलको प्रतिवेदन लेखन अन्तिम चरणमा बालाजु र पाटन औद्योगिक क्षेत्रको संसदीय अनुगमनः जीर्ण पूर्वाधार र नीतिगत सुधारमा जोड ‘अधिकार प्रयोगको सम्बन्धमा महिला आयोग ‘निरीह’ बन्नुहुँदैन’ स्थानीय सरकार गैरदलीय हुनुपर्छः महिला आयोग काँग्रेसका नियमित महाधिवेशन पक्षधर नेताहरुले भने–एकता वा नयाँ पार्टी निर्माण गर्ने भन्नेमा अब ढिला नगरौँ चार विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयो शिवपुरीको रिसोर्टमा परिवारसँग पूर्वराजा ज्ञानेन्द्र शाहले यसरी मनाए जन्मदिन (फाेटाे फिचर)
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशभर थप ८६०७ जनामा संक्रमण पुष्टि, १७७ को मृत्यु, ७८९० ले जिते कोरोना



अ+ अ-

काठमाडौं । नेपालमा ८६०७ थप जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा गरिएको परीक्षणमा उक्त संख्यामा संक्रमित पाइएको हो । 

यस्तै शुक्रबार कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७७ रहेको छ । पछिल्लो २४ घण्टामा जना ७८९० संक्रमणमुक्त भएका छन् । 

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा २२ हजार ३५३ जनाको पिसिआर र ८३७ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको थियो । 

थपिएका संक्रमितसँगै नेपालमा जम्मा संक्रमितको संख्या ४ लाख ९७ हजार ५२ पुगेको छ । ३ लाख ७४ हजार ८३६ संक्रमित निको भएका छन् ।

हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ हजार २४ पुगेको छ ।