२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान News Polar पार्टीभित्रको गुटबन्दी अन्त्य गरी जनजीविकाका मुद्दामा केन्द्रित हुन्छौँः उपसभापति भुसाल News Polar एमाले केन्द्रीय कमिटीका दश मनोनीत News Polar इतिहासको ब्याज खाएर होइन, कर्म बदलेर नयाँ इतिहास रच्छौँः काँग्रेस सभापति थापा News Polar एमाले स्थायी कमिटीद्वारा १० प्रतिशत मनोनयन टुङ्गो, सैद्धान्तिक तथा वैचारिक कार्यदिशाबारे चर्चा News Polar महँगीले जनता चाडपर्व मनाउन सक्ने अवस्थामा छैनन्ः एमाले सचिव बस्नेत News Polar एमालेभित्र विवादको चर्चा प्रायोजित, नेतृत्व तहमा कुनै मतभेद छैनः छविलाल विश्वकर्मा News Polar सरकारलाई काम गर्ने अवसर दिनुपर्छ : अध्यक्ष घिसिङ News Polar महासचिव पोखरेलसँग मनमुटावको हल्ला निराधारः एमाले अध्यक्ष ओली News Polar भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र News Polar अष्ट्रेलियाका बोसिस्टो काठमाण्डु गोर्खाजबाट एनपिएल खेल्दै

अफगानिस्तानमा जारी हिंसामा महिला र बालबालिकासहित २० जनाको मृत्यु

अफगानिस्तानमा जारी हिंसामा महिला र बालबालिकासहित २० जनाको मृत्यु
अ अ+ अ-

एजेन्सी । अफगानिस्तानका विभिन्न क्षेत्रमा भएको २४ घन्टा यताका भएका हिंसात्मक आक्रमणहरुमा परेर यहाँका २० जना नागरिकको ज्यान गएको छ । ती आक्रमणमा परेर महिला र बालबालिका पनि मारिएको समाचारमा जनाइएको छ । गएको २४ घन्टा यता यी हिंसात्मक हमलाहरु भएका बताइएको छ ।

अफगानिस्तानको पश्चिमी घोर प्रान्तमा गराइएको एक शक्तिशाली विस्फोटनमा परेर एकै परिवारका चार जनाको बुधबार ज्यान गएको थियो । उक्त प्रान्तका प्रान्तीय गभर्नरको कार्यालयले दिएको जानकारीअनुसार एक जना व्यक्ति, उनकी श्रीमती र दुई जना बच्चाको ज्यान गएको छ ।

मोटर साइकलमा यात्रा गरिरहेका उनीहरको घर नजिकैको एक सडकमा विछ्याइएको विद्युतीय धरापमा परेर उनीहरुको ज्यान गएको थियो ।त्यसैगरी बुधबार राति पनि सोही प्रान्तको कारुम भन्ने स्थानमा पनि सडक छेउमा राखिएको बम विस्फोटमा परेर अरु तीन जना सर्वसाधारण मारिएका छन् ।

उनीहरु आफ्नो घरतर्फ गइरहेका बेला सडक किनारमा राखिएको बम अकस्मात विस्फोट भएको थियो । उता नान्गाहार प्रान्तमा पनि तालिबानहरुले गरेको आक्रमणमा परेर एक कारमा सवार रहेका पाँच जनाको ज्यान गएको छ ।

सो कारमा यात्रा गरिरहेका उनीहरुलाई तालिबानहरुले शक्तिशाली बम विस्फोट गराएका तथा कारमा गोली प्रहार गरेर हत्या गरेका थिए । यहाँ १ लाख १७ हजार ३६१ जनाको यही कोभिड १९ को संक्रमणबाट ज्यान गएको बताइएको छ । यहाँ पछिल्ला केही हप्तामा चार सय जनाको हराहारीमा दिनहुँ मानिसहरु कोभिडबाट ज्यान गुमाइहेका छन् ।