३ भाद्र २०८३, बुधबार
,
Latest
नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकबीच कर्जासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुसले भन्यो– युक्रेनले हाम्रा पत्रकारको हत्या गर्यो



अ+ अ-

एजेन्सी । रुस–युक्रेन युद्धका बीच जापोरिजिया क्षेत्रमा युक्रेनको आक्रमणमा परी एक रुसी पत्रकारको मृत्यु भएको छ । यस्तै, ३ पत्रकार घाइते भएका छन् । रुसले यसका लागि कीभ र पश्चिमी देशहरूलाई दोष लगाएको छ ।

रुसको रक्षा मन्त्रालयले युक्रेनले अमेरिकाबाट प्राप्त क्लस्टर बममार्फत यो हमला गरेको आरोप लगाएको छ । रुसको विदेश मन्त्रालयले यसलाई पूर्व नियोजित जघन्य अपराध भनेको छ ।

विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोभाले भनिन्– ‘युक्रेनले आतंक फैलाइरहेको छ । रुसी पत्रकारलाई निशाना बनाएर हामीमाथि बदला लिन खोज्नेलाई कारबाही हुन्छ । युक्रेनलाई हतियार आपूर्ति गर्ने व्यक्तिहरू पनि यस मृत्युका लागि जिम्मेवार छन् ।’

हत्या गरिएका रुसी पत्रकारको नाम रोस्टिस्लाभ झुराभलेभ हो । उनी सरकारी समाचार एजेन्सी आरआइएका लागि युद्ध संवाददाताका रूपमा कार्यरत थिए । युक्रेनको जापोरिजिया क्षेत्रबाट आक्रमणका बीच उनका तीन सहयोगीहरूलाई सुरक्षित रूपमा बाहिर निकालिएको छ।

मन्त्रालयले सबै पत्रकारले क्लस्टर बम प्रयोग गरी कीभका आतंककारीहरूले गरेको आक्रमणको रिपोर्ट गर्न प्रमाण सङ्कलन गरिरहेको बताएको छ । समाचार एजेन्सी आरआइएले पनि जापोरिझिया गाउँमा पत्रकारको मृत्यु भएको पुष्टि गरेको छ । यद्यपि आक्रमणमा क्लस्टर हतियार प्रयोग भएको हो भन्ने अहिले नै पुष्टि भएको छैन ।