१३ माघ २०८१, आईतवार
,
Latest
भुटानी शरणार्थी प्रकरणः बेचन झाको कागजात मगाउन सर्वोच्चको आदेश भारतले मनायो ७६ औँ गणतन्त्र दिवस–(फोटोफिचर) रविको मुद्दामा बहस सकियो, आदेश आउन बाँकी जसपाको संघीय परिषद्को भेला आउँदो चैतमा काठमाडौंमा हुने विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० उद्योग समितिबाट पारित नेपाली जनताले विश्वास गरे ०८४ मा बहुमत ल्याउँछौँः महासचिव चन्द सैफ अलीमाथि हमला प्रकरणः आरोपितको औंठाछाप मेल खाएन गाजालाई ‘खाली गर्ने’ ट्रम्पको योजना ‘जनै हराएको बाहुन’मा विजय बरालको प्रवेश, मुख्य भूमिका रहने होटलको सीसीटीभी फुटेज र बिल भर्पाई झिकाउन भन्दै विनिता कठायतले दिइन् निवेदन
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुसले भन्यो– युक्रेनले हाम्रा पत्रकारको हत्या गर्यो



अ+ अ-

एजेन्सी । रुस–युक्रेन युद्धका बीच जापोरिजिया क्षेत्रमा युक्रेनको आक्रमणमा परी एक रुसी पत्रकारको मृत्यु भएको छ । यस्तै, ३ पत्रकार घाइते भएका छन् । रुसले यसका लागि कीभ र पश्चिमी देशहरूलाई दोष लगाएको छ ।

रुसको रक्षा मन्त्रालयले युक्रेनले अमेरिकाबाट प्राप्त क्लस्टर बममार्फत यो हमला गरेको आरोप लगाएको छ । रुसको विदेश मन्त्रालयले यसलाई पूर्व नियोजित जघन्य अपराध भनेको छ ।

विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोभाले भनिन्– ‘युक्रेनले आतंक फैलाइरहेको छ । रुसी पत्रकारलाई निशाना बनाएर हामीमाथि बदला लिन खोज्नेलाई कारबाही हुन्छ । युक्रेनलाई हतियार आपूर्ति गर्ने व्यक्तिहरू पनि यस मृत्युका लागि जिम्मेवार छन् ।’

हत्या गरिएका रुसी पत्रकारको नाम रोस्टिस्लाभ झुराभलेभ हो । उनी सरकारी समाचार एजेन्सी आरआइएका लागि युद्ध संवाददाताका रूपमा कार्यरत थिए । युक्रेनको जापोरिजिया क्षेत्रबाट आक्रमणका बीच उनका तीन सहयोगीहरूलाई सुरक्षित रूपमा बाहिर निकालिएको छ।

मन्त्रालयले सबै पत्रकारले क्लस्टर बम प्रयोग गरी कीभका आतंककारीहरूले गरेको आक्रमणको रिपोर्ट गर्न प्रमाण सङ्कलन गरिरहेको बताएको छ । समाचार एजेन्सी आरआइएले पनि जापोरिझिया गाउँमा पत्रकारको मृत्यु भएको पुष्टि गरेको छ । यद्यपि आक्रमणमा क्लस्टर हतियार प्रयोग भएको हो भन्ने अहिले नै पुष्टि भएको छैन ।