२७ मंसिर २०८२, शनिबार
,
Latest
एनपीएल: उपाधि जित्न लुम्बिनीलाई ८६ रनको लक्ष्य मरिसकेको संविधानलाई जबर्जस्ती ब्युँताउन खोज्नु देशलाई थप दुर्घटनामा लैजानु हो: अध्यक्ष लिङदेन विघटित प्रतिनिधिसभाको पुन:स्थापना, संवैधानिक सरकार गठन र त्यसपछि ताजा जनादेश एनपिएल उपाधि भिडन्त: सुदूरपश्चिमविरुद्ध कप्तान पौडेलको ह्याट्रिक एमालेलाई देव गुरुङको प्रश्तावः देश संकटमुक्त गराउन मिलेर अघि बढौं एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित एनपिएल उपाधि भिडन्त: पावरप्लेमा सुदूरपश्चिमले तीन विकेट गुमायो जेन—जी आन्दोलनले मुलुकलाई गम्भीर समस्यामा धकेल्योः पूर्णबहादुर खड्का युवापुस्तालाई राज्यको मूल प्रवाहमा जोड्नुपर्ने नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवः छोङछिङ महानगरमा विविध सांस्कृतिक कार्यक्रम
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्टीभित्र अनुशासनको आवश्यकता छः डा. महत



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेताहरुलाई खुइल्याउने काम नगर्न आग्रह गर्नुभएको छ ।

आईतवार पार्टीको केन्द्रिय समिति बैठकमा बोल्दै उहाँले नेतृत्वलाई अनावश्यक गालि गलौज गर्ने र खुइल्याउने काम नगर्न आग्रह गर्नुभएको हो । उहाँले सामाजिक सञ्जालबाट नियोजित किसिमले बिरोध गर्नेकुरा कसैले कहीँबाट पनि गर्नु नहुने बताउनु भयो । उहाँले आपसमा गालिगलौज नगरी एकतावद्ध भएर अगाडी बढेमा काँग्रेसलाई कसैले बिस्थापित गर्न नसक्ने उहाँले बताउनु भयो । उहाँले पार्टीभित्र अनुशासनको आवश्यकता रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘आजको आवश्यकता हाम्रो पार्टीमा विचार छैन । हाम्रो पार्टीको दृष्टिकोण छैन । हाम्रो पार्टीको मिशन छैन । हाम्रो पार्टीको भिजन छैन त्यो होइन । हाम्रो पार्टीको मिशन छ । हामी हाम्रो पार्टीप्रति गर्व गर्छौं । उच्च मनोबलका साथ जनतामा जान्छौँ । हामी त खत्तम भइसक्यौँ । हाम्रो अब भविष्य छैन । फलानोले गर्दाखेरी पार्टी यो ठाउँमा पुग्यो । ऊ ठाउँमा पुग्यो भन्ने मानसिकताबाट प्रस्तुत हुन्छौँ भने जतिसुकै, जतिवटा कार्यक्रम गरेपनि हामीले हाम्रो जनाआधार जुन बिस्तार गर्ने लक्ष्य राखेका छौँ एक्लै निर्वाचन जित्ने लक्ष्य राखेका छौँ । त्यो पूरा हुन सक्दैन ।’

‘त्यसकारण पहिलो कुरा अनावश्यक किसिमको गालिगलौज, नेतृत्वलाई खुइल्याउने कुरा र सामाजिक सञ्जालबाट नियोजित किसिमबाट बिरोध गर्नेकुरा र नभएकोलाई पनि भएको जस्तोगरी प्रश्तुत गर्नेकुरा हामी कहीँ कतैबाट, कसैले पनि गर्नु हुँदैन । त्यो नगरेर हामी एक मनले, एक चित्तले पार्टी संगठनमा लाग्यौँ भने, जनताको बिचमा गयौँ भने नेपाली काँग्रेसलाई कसैले रिप्लेश गर्न सक्दैनँ । त्यसमा दुईमत छैन । त्यसैले मुलभुत रुपमा पार्टीमा अनुशासनको आवश्यकता छ । र अनुशासनको लागि हाम्रो पार्टी हो । पार्टीमा मतभिन्नताहरु हुन सक्दछन् । एक अर्कालाई कतिपय अवस्थामा मन पराउँला नपराउँला । तर हाम्रो पार्टीको उम्मेदवार भइसकेपछि त्यसलाई हामी सघाउँछौँ । मलाई व्यक्तिगत रुपमा मन नपर्न सक्छ । हाम्रो पार्टीको उम्मेदवार भन्दा अर्को पार्टीको उम्मेदवार हाम्रो सहयोगी हुन सक्दैन भन्ने बटमलाइनमा हामी एक हुने कि नहुने ?’

उहाँले पार्टीभित्र मतभिन्नताहरु भएपनि निर्वाचनका बखत पार्टीको आधिकारिक उम्मेदवारलाई सघाउनुपर्ने बताउनु भयो ।