२३ भाद्र २०८३, मंगलवार
,
Latest
रास्वपा सभापति लामिछानेले भने : ‘जेनजी आन्दोलनको मर्मबाट एक इन्च पनि विचलित हुने छैनौँ’ देवीघाटदेखि सिंचाईसम्म तत्काल अस्थायी पुल बनाउन स्थानीयको माग ‘सामाजिक सञ्जालमा अफवाह फैलाउनेविरुद्ध तीव्र निगरानीसहित कडा कारबाही’ हामीसँग पनि जवाफ माग्न भोलि फेरि कोही उभिनेछ: रवि लामिछाने क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा जेनजी आन्दोलनको वर्षदिनमा २४ अगुवाको प्रश्न : छानबिन प्रतिवेदन किन लुकाइयो? जेनजी फ्रन्टको निष्कर्ष : नयाँ सरकार आए पनि शासन शैली पुरानै बाजुराको साँफे–मार्तडी सडक सञ्चालनमा मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान सामाजिक सञ्जालको अशिष्टता रोक्न एमाले बाँकेको निगरानी, स्क्रिनसटसहित बुलेटिन निकाल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

साराले अफिसका लागि १ करोडको फ्ल्याट किनिन्



अ+ अ-

एजेन्सी । बलिउड अभिनेत्री सारा अली खानले हालै मुम्बईको लोटस डेभलपर्स ग्रुपको लोटस सिग्नेचर भवनमा नयाँ अफिस स्पेस किनेकी छन् । आनन्द पण्डित लोटस ग्रुपका मालिक हुन् ।

लोटस सिग्नेचर बिल्डिंगमा अपार्टमेन्टको लागत १ करोड देखि १.४६ करोड सम्म हुन सक्छ । यस मूल्यमा रजिस्ट्री शुल्कहरू समावेश गरिएको छैन ।

यो भवन हाल निर्माणाधीन छ । रिपोर्टका अनुसार डिसेम्बर २०२५ सम्ममा भवन जनतालाई हस्तान्तरण गरिने छ । यो खबरलाई लिएर साराका फ्यानहरुले सामाजिक सञ्जालमा लगातार बधाई दिइरहेका छन् ।

एक प्रयोगकर्ताले व्यंग्य गर्दै लेखेका छन्, ‘इन्टरनेशनल रोमिङ प्याकको रिचार्ज बन्द गरेर बचत गरेको पैसाले यस भवनमा अपार्टमेन्ट किन्न सक्नुहुन्छ ।’ वास्तवमा यसअघि साराको एउटा भिडियो भाइरल भएको थियो ।

यस भिडियोमा साराले आइफा अवार्ड समारोहमा सहभागी हुन अबुधाबी गएको बेला ४०० रुपैयाँ लाग्ने भएकाले अन्तर्राष्ट्रिय रोमिङ रिचार्ज नगरेको बताएकी थिइन् ।