२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

साराले अफिसका लागि १ करोडको फ्ल्याट किनिन्



अ+ अ-

एजेन्सी । बलिउड अभिनेत्री सारा अली खानले हालै मुम्बईको लोटस डेभलपर्स ग्रुपको लोटस सिग्नेचर भवनमा नयाँ अफिस स्पेस किनेकी छन् । आनन्द पण्डित लोटस ग्रुपका मालिक हुन् ।

लोटस सिग्नेचर बिल्डिंगमा अपार्टमेन्टको लागत १ करोड देखि १.४६ करोड सम्म हुन सक्छ । यस मूल्यमा रजिस्ट्री शुल्कहरू समावेश गरिएको छैन ।

यो भवन हाल निर्माणाधीन छ । रिपोर्टका अनुसार डिसेम्बर २०२५ सम्ममा भवन जनतालाई हस्तान्तरण गरिने छ । यो खबरलाई लिएर साराका फ्यानहरुले सामाजिक सञ्जालमा लगातार बधाई दिइरहेका छन् ।

एक प्रयोगकर्ताले व्यंग्य गर्दै लेखेका छन्, ‘इन्टरनेशनल रोमिङ प्याकको रिचार्ज बन्द गरेर बचत गरेको पैसाले यस भवनमा अपार्टमेन्ट किन्न सक्नुहुन्छ ।’ वास्तवमा यसअघि साराको एउटा भिडियो भाइरल भएको थियो ।

यस भिडियोमा साराले आइफा अवार्ड समारोहमा सहभागी हुन अबुधाबी गएको बेला ४०० रुपैयाँ लाग्ने भएकाले अन्तर्राष्ट्रिय रोमिङ रिचार्ज नगरेको बताएकी थिइन् ।