१९ असार २०८३, शुक्रबार
,
Latest
अडियो समस्या देखिएपछि राष्ट्रिय सभाको बैठक स्थगित आज बस्दै संवैधानिक परिषद्को बैठक, रिक्त संवैधानिक पदमा नियुक्ति सिफारिसको तयारी नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल थमन बिक हत्या प्रकरणमा दोषी ठहरिएका पूर्वसांसद लक्ष्मी महतो कारागार चलान वीरगञ्जमा बाल उद्यान तथा शिशु स्याहार केन्द्र सञ्चालन, महिलाको रोजगारी सहभागिता बढ्ने अपेक्षा पाल्पाबाट दालचिनी भारत निर्यात डेरी क्षेत्रका लागि पाँचवर्षीय रणनीति बनाउने नेपाल डेरी एसोसिएसनको निर्णय ‘लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान’ स्थापना हुने स्वास्थ्य बीमा बोर्डद्वारा २३ अर्ब ४४ करोड रुपैयाँभन्दा बढी दाबी भुक्तानी, मंसिरसम्मको बक्यौता फरफारक सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान
तपाईं के खोज्दै हुनुहुन्छ ?

चुनावमा मलाई कसरी सिध्याउने भनेर पार्टी भित्रकै मान्छे लागेः विनोद चौधरी



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रिय सदस्य विनोदकुमार चौधरीले गत प्रतिनिधि सभा निर्वाचनमा आफुलाई हराउनका लागि पार्टी भित्रकै मान्छे लागि परेका बताउनुभएको छ ।

आईतवार पार्टीको केन्द्रिय समिति बैठकमा बोल्दै नेता चौधरीले प्रतिनिधि सभा निर्वाचनमा आफूलाई हराउनका लागि पार्टी भित्रकै मान्छेहरु लागि परेका बताउनुभएको हो । उहाँले पार्टीको उम्मेदवारलाई जिताउन सबै एक ठाउँमा उभिएर सहयोग गर्नुका साटो कसरी सिध्याउने भनेर लागेका बताउनु भयो । उहाँले बिरोधीलाई जिताउनका लागि पार्टी भित्रकै मान्छेहरु लागि परेको भन्दै आफूले प्रमाणसहित अनुशासन आयोगमा पेस गरेको बताउनु भयो । आफ्नै उम्मेदवारलाई हराउन लाग्ने संस्कारको अन्त्य गर्न सकिएन भने आगमी दिनमा पार्टीलाई अझ असर पर्दै जाने उहाँको भनाई छ ।

उहाँले भन्नुभयो – ‘निर्वाचनको क्रममा टिकट पाउने बित्तिकै समग्र पार्टी, पार्टीका स्थानीय नेतागण, विभिन्न टिकटका प्रत्यासी सबैले पार्टीको संरचना, पार्टीको संस्कार, पार्टीको चरित्र बमोजिम एक ठाउँमा उभिएलान् । सहयोग गर्लान् भन्नुको साटो कसरी अब यसलाई सिध्याउने हो भन्नेमा लागेको मेरो अनुभुति भयो । मलाई लाग्छ धेरैले यस्तो अनुभुति गरेको हुनुपर्छ । खाली निर्वाचनमा हराउने मात्र होइन, बिरोधीलाई कसरी जिताउने भन्नेसम्ममा लागेका प्रत्यक्ष प्रमाणहरु सार्वजनिक छन् । त्यसलाई पार्टीको अनुशासन निकायमा राखिएको छ । यदी पार्टीलाई, पार्टीको सिस्टमलाई, आफ्ना आन्तरिक विवाद र फरकका बाबजुद पनि आफ्ना आकांक्षा पुरा नहुँदा पनि एउटै सुत्रमा बाँध्न सकिएन भने भोलिका दिनमा पनि, जुन प्रकारको परिस्थिति बन्दैछ आगामी दिनहरुमा, नामै नसुनेका मान्छेहरु, मेरो आफ्नै क्षेत्रमा पनि मैले दशौँ हजारको भोट पाएका मान्छेहरु समेत फेस गरेँ । यो गम्भिर समस्या हो । पार्टीले यो संस्कारको विकास गर्नै पर्दछ र त्यस्ता मानसिकता बोकेका मान्छेहरुलाई पन्छाउनै पर्दछ ।’

उहाँले नयाँ राजनीतिक दलहरुले जस्तै पार्टीलाई प्रविधिमैत्री बनाउनुपर्ने र जनताको मुद्दाहरु उठाउनुपर्ने बताउनु भयो ।