३१ जेष्ठ २०८३, आईतवार
,
Latest
प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने औद्योगिक कर्जाको ७२ प्रतिशत बागमतीमा केन्द्रित, कर्णालीमा ०.२५ प्रतिशत मात्रै पाँच वर्षभित्र सम्पूर्ण भवनलाई विपद् उत्थानशील बनाउने महानगरको घोषणा असार १ गतेदेखि सम्पूर्ण चिया उद्योग बन्द गर्ने व्यवसायीको चेतावनी नेपालमा आँखा उपचार सेवाको पहुँच बढे पनि अन्धोपनको जोखिम कायमै सुशासन, डिजिटल सेवा र शहरी व्यवस्थापन काठमाडौं महानगरको प्राथमिकतामा नेपाली चिया निर्यात अवरुद्धः तत्काल समाधानका लागि कूटनीतिक पहल गर्न सांसद नेम्बाङको सरकारसँग आग्रह काठमाडौं महानगरले ल्यायो फोहर व्यवस्थापनलाई ७ क्लस्टरमा विभाजन गरी सर्कुलर इकोनोमी प्रवर्द्धन गर्ने योजना काठमाडौँ महानगरद्वारा बहाल र व्यवसाय करमा स्थान र प्रयोजनअनुसार नयाँ दर निर्धारण गर्ने तयारी ‘मानवीयताको शहर’ बनाउने काठमाडौं महानगरको सङ्कल्पः ज्येष्ठ नागरिकलाई घरदैलोमै चिकित्सकदेखि चराचुरुङ्गीलाई पानीपात्रसम्म
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँ आईपुगे चिनियाँ नेता युआन च्या च्युन



अ+ अ-

काठमाडौँ । चिनियाँ कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य तथा छोङछिङ शहरका प्रमुख एवं सचिव युआन च्या च्युन २६ सदस्यीय टोलीको नेतृत्व गर्दै काठमाडौँ आइपुग्नुभएको छ ।

आइतबार पौने १२ बजे उक्त टोली त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । उक्त टोली कोलम्बोबाट आएको श्रीलंकन एयरको जहाजमार्फत नेपाल आएको हो । टोलीलाई नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङ र यहाँस्थित चिनियाँ राजदूत छन सोङ्गलेले विमानस्थलको विशिष्ट कक्षमा स्वागत गर्नुभयो ।

युआनलाई राष्ट्रपति तथा चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव सि चिनफिङका अति विश्वासपात्रमध्ये एक मानिन्छ ।

तीन दिने भ्रमण आएको युआनसहितको भिआइपी टोली बत्तीसपुतलीस्थित होटल द्वारिकाजमा बस्नेछ भने टोलीका अरु सदस्यको लागि म्यारियट होटलमा बस्ने प्रवन्ध मिलाइएको बताइएको छ ।

राजनीतिक भेटघाट गर्न आइपुग्नुभएका युआनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग भने भेट हुने अवस्था छैन । प्रधानमन्त्री प्रचण्ड अहिले इटाली र एमाले अध्यक्ष ओली कम्बोडिया हुनुहुन्छ ।

चिनियाँ कम्युनिस्ट पार्टीका शीर्ष २५ नेतामध्येमा पर्ने युआन अन्तरिक्ष विज्ञानसम्बन्धी इन्जिनियर पनि हुनुहुन्छ । उहाँको भ्रमणको तयारीनिम्ति ३ वटा एड्भान्स टोली एक हप्ताबीच नेपाल आइसकेको बताइएको छ ।